• २०७४ फाल्गुन १७

    काठमाडौं । नेपालका सडक एसियाकै खराब रहेको रिपोर्ट सार्वजनिक भएको छ ।

    सिंगापुरको सडकलाई भने सबैभन्दा उत्कृष्ट मानिएको छ ।

    वर्ल्ड इकोनोमिक फोरमले एसियाली देशहरुको सडकको अवस्थाबारे सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको छ जसमा नेपाल सबैभन्दा पुछारमा छ ।

    आर्थिक स्रोतको कमी र पहाडी भूबनोटका कारण नेपालका सडक खराब देखिएको प्रतिवेदनमा उल्लेख छ ।

    सबैभन्दा उत्कृष्ट सडक रहेको देशको सूचीमा सिंगापुर पहिलो स्थानमा छ । यसैगरी जापान दोस्रो, ताइवान तेस्रो, दक्षिण कोरिया चौथो र मलेसिया पाँचौं स्थानमा छन् ।

    यसैगरी राम्रा सडक भएको देशहरुको सूचीमा चीन पहिलो स्थानमा छ । त्यसपछि क्रमशः ब्रुनाई, श्रीलंका, भारत, थाइल्याण्ड र पाकिस्तान छन् ।

    सबैभन्दा खराब देशको सूचीको पुछारमा नेपाल छ ।

    बंगलादेश, मंगोलिया, फिलिपिन्स, कोलम्बिया, लाओस, भियतनाम र भुटानका सडक पनि सबैभन्दा खराब सडक भएको देशमा सूचीकृत भएका छन् ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…