• मोरङ । मोरङको पथरीशनिश्चरेमा आयोजित तीन दिने पत्रकारिता सम्बन्धी तालिम समापन भएको छ ।
    प्रदेश नं. १ का प्रदेश सभा सदस्य कृष्णकुमारी राईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडाको कार्यबाहक अध्यक्ष रोमान्सि धिमाल, फोनिज १ नम्बर प्रदेश इन्चार्जसमेत रहेका प्रमुख प्रशिक्षक दिपिन राई, प्रेस चौतारी मोरङ जिल्ला उपाध्यक्ष सन्तोष राई, प्रशिक्षक केशब निरौला, फिपराज बेघा लगायतले मन्तब्य राखेका थिए । समापन कार्यक्रममा सहभागीको तर्फबाट सुमन थापा र सर्मिला दाहालले तालिमको अनुभव सुनाएका थिए । थापा र दाहाले तालिम प्रभाबकारी भएको प्रतिकृया दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष मोहन भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र, प्रशिक्षकलाई कदरपत्र र अतिथिहरुलाई मायाको चिनो समेत प्रदान भएको थियो । 
    आदर्श सर्भिस सेन्टर प्रा.लि.द्वारा सञ्चालित रातोकलम डटकमका प्रबन्धको सम्पादक अर्जुन जम्नेली राईको सभापतित्वमा भएको समापन कार्यक्रम प्रबन्धक मौसम लिम्बूले सञ्चालन गरेका थिए । 
    प्रदेश सभा सदस्य (समानुपातिक) कृष्णकुमारी राईको पूर्वाधार विकास कोषको सहयोगमा आयोजित तालिम फागुन १३–१५ गते पथरीको मनोहर होटल एण्ड फनपार्कमा भएको थियो । तालिममा पूर्बी मोरङको पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ, मिक्लाजुङ, झापा, उदयपुर लगायतबाट ३० जना सहभागी गरेका थिए । 
    तालिमको सहजिकरण दिपिन राई, अर्जुन जम्नेली राई, केशव निरौला र फिपराज बेघाले गरेको रातोकलम डटकमको प्रबन्धक मौसम लिम्बूले बताए । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे सडक खण्डमा १५ दिन भित्र चारवटा सवारी दुघट्ना हुँदा ६ जनाको मृत्यु भएको छ ।&nb…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन “प्याब्सन” पथरी शनिश्चरे नगर कार्यसमितिको शनिबार …

मोरङ । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टालाई पथरी जेसीजले जेसीज गाउँ घोषणा गरेको छ । …

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समिति मोरङले दुई पत्रकार लग…