• मोरङ । अमेरिकन च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्धमा विप्लव नेतृत्वको नेकपासहितका छ वडा संगठनले आयोजना गरेको नेपाल बन्दको मोरङ पथरीशनिश्चरेमा प्रभाव सामान्य रहेको छ ।  
    मुख्य सडकमा लामो दुरीको यातायातको साधन छिटफुट मात्र चलेको छ । सोमबार पथरी बजार नियमित बन्द रहेकोले पातलो मात्र खुलेको छ । निजि विद्यालयहरु भने खुल्ला रहेको छ । बन्दकर्ताहरु सडक बजारमा नदेखिएका इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी कृष्ण खड्काले बताए । 
    सदनबाट एमसीसी पास भएपछि नेत्रविक्रम चन्द (विप्लव), ऋषि कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पाटी, मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वका राष्ट्रिय जनमोर्चा, आहुति नेतृत्वमा वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी), सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालसहित ६ वटा संगठनले आज (१६ फागुन)मा नेपाल बन्दको आयोजना गरेको हो । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…