• धनगढी, १७ फागुन

    नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । कैलालीका उत्सवले सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामी 'सन्तोष'लाई हराएका हुन् ।

    चाैधरी राष्ट्रियसभा सदस्य पनि हुन् ।

    कुल २१० मत खसेकाेमा चौधरी ११४ मत र धामीले ९३ मत पाएका हुन् ।

    उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर  विजयी भएका छन् । त्यस्तै सचिवमा जनक बुढा निर्वाचित भएका छन् भने  सहसचिव नन्दबहादुर साउँद 'राजेन्द्र'  रामबहादुर देवकर र अन्जिता श्रेष्ठ चयन भए ।

    कोषाध्यक्षमा कमलकुमारी शाह (शाही)  विजयी भएकी छन् ।

    माओवादी केन्द्र सुदूरपश्चिमले अधिवेशन उद्घाटनकाे तीन महिनापछि निर्वाचनबाट नयाँ नेतृत्व पाएकाे हाे ।

     

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…