• मकवानपुर,  २१  फागुन 


    नेपाली कांग्रेस मकवानपुर सहसचिवमा निर्वाचित ताराचन्द्र बजगाइँ ‘निशान’ ‘कान्छो पदाधिकारी’ रहेका छन् । विद्यार्थी संगठनबाट औपचारिक रुपमा राजनीति थालेका ३४ वर्षीय बजगाइँ १६ फागुनमा भएको जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भएका हुन् । बुद्ध लामा सभापतिमा निर्वाचित हुँदा उनी सहसचिवमा विजयी भएका हुन् ।

    लामा र बजगाइँ संस्थापन समूह (देउवा समूह)बाट पदाधिकारीमा निर्वाचित भएका हुन् भने बाँकी संस्थापनइतर समूहबाट विजयी भएका छन् । ‘सहसचिवमा निर्वाचित भएपछि जिल्लाको कान्छो पदाधिकारी बनेको छु,’ उनले भने ।

    टेलिसिरियल मेरी बास्सैकी मैयाँ अर्थात् सुनीता गौतमका श्रीमानसमेत रहेका बजगाइँ कलाकारिता र समाजसेवा गर्दै राजनीतिमा सक्रिय छन् । 
    २०६१ सालमा पशुपति बहुमुखी क्याम्पस चावहिलको नेविसंघ  इकाइ उपसभापति जिम्मेवारी सम्हालेर औपचारिक रुपमा राजनीतिमा सक्रिय भएका उनी अहिले कांग्रेस मकवानपुरको सहसचिवको जिम्मेवारी पाएका छन् । 

    गत मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनको महाधिवेशन प्रतिनिधिसमेत बनेका उनी अहिले जिल्लामा सक्रिय रुपमा राजनीतिमा होमिएका छन् । उनी कोरोनाभाइरस संक्रमण महामारीमा आइसोलेसन सेन्टर निर्माण गरेर समाजसेवामा खटिएका थिए । 

    मेरी बास्सैमा समेत अभिनय गरेका उनी चलचित्र ‘वडा नम्बर छ’, ‘छ एकान छ’को १, २ र ३ तथा ‘छ माया छपक्कै’ निर्मातासमेत हुन् । उक्त चलचित्रले उनलाई सफल निर्माता बनायो । 

    उनी बागमती–३ मा रहेको बुद्ध माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत हुन् । पद पाउनुभन्दा जिम्मेवारी पूरा गर्नु महत्वपूर्ण रहेको भन्दै उनले आफूले पाएको विद्यालय र पार्टीप्रतिको कर्तव्य र जिम्मेवारी पूरा गर्ने बताए । यसका लागि श्रीमती मैयाँसहित परिवारको साथ पाएको र पाइरने निशान बताउँछन् । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…