• २०७४ फाल्गुन १७

    लहान : प्रसूतिका लागि अस्पतालमा भर्ना गरिएकी गर्भवतीको मृत्यु भएपछि सप्तरीको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा तनाव भएको छ।

    गर्भवतीको उपचारमा चिकित्सकले लापरवाही गरेको आरोप लगाउँदै मृतकका आफन्तले दोषीमाथि कारवाहीको मागसहित बिहीबार बिहान नाराबाजी गरेका छन्। सुत्केरी व्यथा लागेपछि जिल्लाको विष्णुपुर गाउँपालिका १

    पिप्राहीकी २५ वर्षीया अनिता यादवलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो।

    अस्पताल भर्ना भएदेखि नै अनिताको जाँच गर्दै आएका डा दीलिप साह बिहीबार बिहान एक बजेतिर बच्चा जन्मिने बेलामा फोन गर्दा समेत नआएपछि बच्चा र आमा दुवैको मृत्यु भएको आफन्तले आरोप छ।

    मृतकका पति रमेश यादवले भने  बच्चाको टाउको निस्किएर अड्किएपछि डाक्टरलाई फोन गर्दा समेत समयमा नआउँदा मृत्यु भयो।

    आमा र शिशु दुवैको मृत्युपछि बिहान दुई बजे मात्र आएका डा. साह तत्कालै भागेको यादवले बताए।

    अनितालाई राति १० बजेदेखि नै सुत्केरी व्यथाले च्यापेको भएपनि चिकित्सकको लापरवाहीले दुवैको मृत्यु भएको आफन्तको गुनासो रहेको छ। मृतककी चार वर्षीय छोरा आकाश र दुई वर्षीया छोरी सरस्वती छन्।

    सुत्केरी र शिशु दुवैको मृत्यु भएपछि गाउँबाट ट्रयाक्टर र टेम्पोमा अस्पताल आएका मृतकका आफन्त र स्थानीयले बिहीबार बिहानदेखि अस्पताल घेराउ गरेका छन्।

    अस्पताल प्रशासनले भने वार्तामार्फत् समस्या समाधानका लागि आग्रह गरेको छ।

    राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादव, वडा प्रतिनिधि, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.दयाशंकर लाल कर्ण तथा पीडित पक्षको सहभागितामा वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।

     

     

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…