• धनगढी,  २१  फागुन

    नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन् । 

    पहिलो चरणमा बम भन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गर्दै सभापतमिा विजयी भएका हुन् । सभापतिमा विजयी भएका नारायाणदत्त भट्टले एक हजार ३५९ मत पाएका छन्, भने उनका प्रतिष्पर्धी प्रकाश बमले १ हजार ९६ मत पाएका हुन् । 

    पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि बिहीबार धनगढी स्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा दोश्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणबाट बाहिरिएको कोइराला समुहले वमलाई समर्थन गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा कोइराला पक्षले १ सय ९७ मत ल्याएको थियो । कोइराला पक्षले सहयोग गर्ने घोषणा गरेपनि बमको मत भने पहिलो चरण भन्दा दोश्रो चरणमा घटेको छ । प्रकाश वमले पहिलो चरणमा १ हजार १६९ मत ल्याउँदा दोश्रो चरणमा उनको मत घटेको छ ।  

    कांग्रेस कैलालीमा २ हजार ५ सय ७५ मतदाता रहेकोमा दोरुो चरणको मतदानमा २ हजार ४ सय ६७ मतदाता सहभागि भएका थिए । 
    सभापतिको टुङ्गो लागेसंगै आज राती देखिनै अन्य पदाधिकारीको मत गणना सुरु हुने कांग्रेस कैलालीका लागि निर्वाचन अधिकृत टेकनाराण सुवेदिले बताए । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…