• नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ नम्बर प्रदेशको नाम ‘कोसी’ राख्नु पर्ने बताए । उनले ‘कोसी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता नभएको भन्दै नाम राख्न नसकेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

    साझा पहिचानका लागि कोसी प्रदेशको विकल्प नभएको ओलीको दाबी छ । प्रदेशको नाम सही ढंगले राख्न सक्नुपर्ने उनले जिकिर गरे ।

    शनिबार गृह जिल्ला झापाको बिर्तामोडमा आयोजित प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ओलीले जातीय नामकरणले प्रदेशमा सबैको पहिचान र इतिहास नसमेटिने बताए ।

    अध्यक्ष ओलीले थरका पछाडि सभ्यता र इतिहास भएपनि प्रदेश १ का लागि कोसी सभ्यताभन्दा अर्को कुनै सभ्यता र इतिहास पुरानो हुन नसक्ने दाबी गरे ।

    ‘पश्चिमदेखि पूर्वसम्म सबैतिर ढाकेको । कोसी सभ्यताबाट उठेको । कोसीबाट सिञ्चित हाम्रा रगतमा कोसीको पानी छ । हाम्रा रगतमा सगरमाथाको पानी छ, कञ्चनजंघाको पानी, मकालुको पानी छ, ’ ओलीले भने,‘त्यहाँबाट रसाएको, सिञ्चित भएको । सर्वोच्च शिखरहरुको पानी खाने मान्छेहरु कोसी प्रदेश राख्न नसके– ओलीथर राख्नुपर्छ, गौतमथर राख्नुपर्छ । यो सभ्यता हो ?’

    ओलीले यसका लागि प्रेस चौतारी आबद्ध पत्रकारलाई वातावरण बनाउनेगरी कलम चलाउन आग्रह गरे ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…