• नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ नम्बर प्रदेशको नाम ‘कोसी’ राख्नु पर्ने बताए । उनले ‘कोसी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता नभएको भन्दै नाम राख्न नसकेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

    साझा पहिचानका लागि कोसी प्रदेशको विकल्प नभएको ओलीको दाबी छ । प्रदेशको नाम सही ढंगले राख्न सक्नुपर्ने उनले जिकिर गरे ।

    शनिबार गृह जिल्ला झापाको बिर्तामोडमा आयोजित प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ओलीले जातीय नामकरणले प्रदेशमा सबैको पहिचान र इतिहास नसमेटिने बताए ।

    अध्यक्ष ओलीले थरका पछाडि सभ्यता र इतिहास भएपनि प्रदेश १ का लागि कोसी सभ्यताभन्दा अर्को कुनै सभ्यता र इतिहास पुरानो हुन नसक्ने दाबी गरे ।

    ‘पश्चिमदेखि पूर्वसम्म सबैतिर ढाकेको । कोसी सभ्यताबाट उठेको । कोसीबाट सिञ्चित हाम्रा रगतमा कोसीको पानी छ । हाम्रा रगतमा सगरमाथाको पानी छ, कञ्चनजंघाको पानी, मकालुको पानी छ, ’ ओलीले भने,‘त्यहाँबाट रसाएको, सिञ्चित भएको । सर्वोच्च शिखरहरुको पानी खाने मान्छेहरु कोसी प्रदेश राख्न नसके– ओलीथर राख्नुपर्छ, गौतमथर राख्नुपर्छ । यो सभ्यता हो ?’

    ओलीले यसका लागि प्रेस चौतारी आबद्ध पत्रकारलाई वातावरण बनाउनेगरी कलम चलाउन आग्रह गरे ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…