• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भइरहेको ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज (आइतबार) भएको खेलमा न्युस्टार एफसीलाई ०–३ गोल गर्दै पराजित गर्दै द रियल ब्रदर्स बिजयी भएको छ ।
    द रियल ब्रदर्सको तर्फबाट पहिलो हाफको ३३ औं मिनेटमा सुरज शिवा र ३९ मिनेटमा समीर याक्खाले अर्को गोल हानेका थिए । त्यसैगरी दोश्रो हाफको ५९ मिनेटमा अकित लिम्बूले गोल गरेर फराकिलो अन्तरले टिमलाई बिजयी गराएको हो । 
    आजको खेलको म्यान अफ द म्याच बिजेता टिम द रियल ब्रदर्सका समीर याक्खा घोषित भए । याक्खालाई कार्यक्रमको प्रमुख अतिथि १ नं. प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेब खतिवडा र कांग्रेसकी नेतृ प्रेमला राईको हातबाट नगर र ट्रफी प्रदान गरिएको थियो । द रियल ब्रदर्स लिग पहिलो सिजनको उप बिजेता टिम हो ।



    कार्यक्रममा नगर कार्यपालिका सदस्य मैना आचार्य नेपाली कांग्रेसकी नेतृ प्रेमला राई, सोही पार्टीको नगर उपसभापति सन्तोष कार्की लगायतको उपस्थिति भएको थियो । आयोजक समितिको अध्यक्ष संजिप गिरीले ट्राफिक प्रहरी प्रमुख एसपी खतिवडा र प्रेमला राईलाई मायाको चिनो प्रदान गरेका थिए । 
    आइतबारको खेलसँगै लिग पहिलो चरणको प्रतिस्पर्धा सकिएको छ । पहिलो चरणको खेलमा टेन नवोदय, द रियल ब्रदर्स, सिरिजङ्गा र शिखर एफसीले ३–३ अंक प्राप्त गरेको छ । यो चरणमा टेन नवोदय, द रियल ब्रदर्स, सिरिजङ्गाले ३–३ गोल र शिखर एफसीले १ गोल गरेको छ । 
    भोलीको खेल टेन नवोदय र बीएण्डबी वाईजीएफटीवीच प्रतिस्पर्धा हुने आयोजक समितिको सचिव मनि लिम्बूले बताए । पहिलो चरणको खेलमा वाइजीएफटी, न्युस्टार, वाईएफसी र देविगञ्जले अंक प्राप्त गर्न सकेन । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…