• मोरङ । प्रदेश नं. १ को नाम कोशी राख्नुपर्छ भन्ने एमाले अध्यक्ष केपी ओलीको विचारको विरोधमा राष्ट्रिय एकता पार्टी, नेपालले विज्ञप्ति प्रकाशन गर्दै जनभावना विपरित नबोल्न भनेको छ । 
    पार्टी अध्यक्ष प्रेमदीप थाम्सुहाङ्ग (लाजेसा)ले आइतबार विज्ञप्ति प्रकाशन गर्दै कोशी १ नम्बर प्रदेशको जनताको भाबना विपरित भएको तर्क गर्दै सच्याउन अनुरोध गरेका छन् । 
    ओलीले शनिबार झापाको एउटा कार्यक्रममा प्रदेश १ को नाम कोशी राख्दाहुने विचार ब्यक्त गरेका थिए । सो विरुद्ध राष्ट्रिय एकता पार्टी, नेपालद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ‘लिम्बुवान र किराँत खम्बुवानका जनताले कोशी कहिल्यै नसहने, नस्वीकार्ने र भावना विपरित रहेकोले सचेत गराउँदछौं ।’ 
    पार्टीले प्रदेशको नाम ‘लिम्बुवान किराँत–सगरमाथा’ घोषणा गर्नका प्रदेश सरकारसँग माग गरेको छ । 
    त्यसैगरी रुस र युक्रेन बीचको युद्धमा नेपाल युक्रेनको पक्षमा दिएको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । ‘नेपालले लिएको परराष्ट्र नीति भनेको पञ्चशीलको आधारमा असंलग्न परराष्ट नीति हो ।’ विज्ञप्तिमा भनिएको छ यस्तो बेलामा तटस्थ बस्नु पर्नेमा अमुक देशको पक्ष वा विपक्षमा मतदान गर्नु घोर आपत्तिको बिषय हो । नेपाल सरकारले पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धि गरेकोमा विरोध जनाउदै  तुरुन्त फिर्ता लिन माग गरेको छ । 
     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…