• २०७४ फाल्गुन १७

    काठमाडौँ — फागु पूर्णिमाको दिन ट्रफिक नियम उल्लंघन गर्ने ५ सय ६० जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

    धेरैले कागजपत्र बिनै मोटरसाइकल चालाएको भेट्टिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता डिएसपी मुकुन्द मरासिनीले बताए ।

     उनका अनुसार २० जनाले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको पाइएको छ भने १६ जनाले तीन जना चढाएर मोटरसाइकल हाँकेका थिए।



    यस्तै दिउँसो २ बजेसम्ममा उपत्यकाका तीनै जिल्लामा १० वटा सामान्य दुर्घटना भएका छन्।


    मरासिनीका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर ६९ ठाउँमा ट्राफिक प्रहरी तथा प्रहरी चेकिङ भइरहेको छ।


    उनले बेलुकीसम्ममा १ सय ठाउँमा चेकिङ हुने बताए। उनले भने, 'दिउँसो भन्दा साँझपछि ट्राफिक नियम तोड्नेहरु बढी हुन्छन्।


    त्यसैले हामी राति झन् धेरै ठाउँमा चेकिङ गर्छौं।'


    चेकिङ मात्रै नभएर प्रहरीको मोबाइल टोली समेत परिचालन गरिएको उनले बताए।


    यस्तै काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलका अनुसार होली खेल्ने क्रममा हुलदंगा गर्ने र सुरक्षामाथि खलल पुर्‍याउन खोज्ने १ सय ४१ जनालाई पक्राउ गरिएको छ। पोखरलेलले भने, 'समातिएका १ सय ४१ मध्ये १ सय ३८ जना पुरुष छन् तीन जना महिला छन्। उनीहरुको अनुसन्धान भइरहेको छ।'

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…