• काठमाडौं, २४ फागुन

    नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय महिलालाई सम्मान गरेको छ । साथै महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषलाई पनि परिसंघले सम्मान गरेको छ ।

    काठमाडौंमा आयोजित कार्यक्रममा परिसंघले रेणु शर्मा, कमला उप्रेती, उमा तामाङ, शर्मिला श्रेष्ठ, प्रकृति भट्टराई बस्नेत, प्रतिमा थापा, अलिशा श्रेष्ठ, निलम पाण्डे, अनुपमा खुँजेली, उपाशना पौडेल, आँचल कुँवर, सुमिति शाक्य, गीता श्रेष्ठ, सोना खातिक र महिलाबाट नेतृत्व प्रदान भएको गोरखकाली गुल्मलाई सम्मान गरेकाे हाे । नेपाल पेपर क्राफ्टलाई पनि सम्मान गरिएको छ ।

    महिलालाई प्रोत्साहन गर्ने प्रभुराम भण्डारी, शम्भु धमला, अभयशंकर श्रेष्ठ, डम्बर खनाल, विक्रम श्रेष्ठ, दिनेशबहादुर श्रेष्ठ, अमिरप्रताप राणा, ललितकुमार लोहिया, डा रवीन्द्र खुँजेली, द्विराज शर्मा, अरुणध्वज अधिकारी, इयान ओक्ले वाल, निर्वाण चौधरी र प्रनेश शर्मालाई सम्मान गरिएको छ। 
    राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंहले नयाँ पुस्तालाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्न आग्रह गरिन् । परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले महिलालाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउँदै दिगो आर्थिक विकासको आधार तयार गर्नुपर्नेमा जोड दिए ।

    परिसंघअन्तर्गतको वुमन लिडरसिप फोरमकी सभापति छाँया शर्माले भविष्यको दीगोपनका लागि आजैबाट लैंगिक समानताका लागि काम गर्नुपर्ने बताइन् ।  ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस आज मनाइँदैछ ।  

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…