• जनकपुरधाम, २५ फागुन 
    नेपाली कांग्रेस धनुषाको जिल्ला सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ । 

    पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीन जना उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो । विभिन्न तीन उम्मेदवारमध्ये कांग्रेस नेता विमलेन्द्र निधि निकट योगेन्द्र पजियार सर्वाधिक मत १ हजार २४८, संस्थापन पक्षका सन्तोषकुमार यादव ८८३ र कोइराला समूहका दिनेशप्रसाद प्रसैला यादवले ६३० मत ल्याएका छन् । कुल मत २ हजार ९१२ मत खसेकोमा १५१ मत बदर भएको कांग्रेसका जिल्ला निर्वाचन समितिले जनाएको छ । 

    कांग्रेसको पार्टी विधान अनुसार सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेकोले दोस्रो चरणमा सर्वाधिक मत ल्याउने पजियार र दोस्रो बढी मत ल्याउन सन्तोषकुमार यादवबीच पुनः मतदान हुने छ भने दोस्रो चरणको मतदानबाट बाहिरिएका छन् ।

    निर्वाचन समितिले दोस्रो चरणको निर्वाचनको समय समेत तोकेको छ । निर्वाचन समितिका सदस्य रामगुलाम कर्णका अनुसार दोस्रो चरणको निर्वाचन बिहीबार बिहान ८ बेजेदेखि ११ बजे सम्मको समय तोकिएको बताए । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…