मोरङ । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ आयोजकको नारालाई साथ गर्दै न्युस्टार एफसीका जुनियर लिम्बू आजको खेलमा फुटबल प्रेमी दर्शकको ध्यान तान्न सफल भए ।
जुनियर उनको स्तर (¥याङ्क) नभएर नाम हो । उमेरले समेत जुनियर, जुनियर लिम्बूले प्रस्ताबित पथरी रंगशालामा बुधबार जादुमय खेल प्रदर्शन गर्दै उपस्थित फुटबल पारखीहरुको ध्यान केन्द्रित गर्न सफल भएका छन् ।
मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज (बुधबार) देबिगंज र न्युस्टारको प्रतिष्पर्धा थियो ।
खेल सुरु भएको चार मिनेट बित्न नपाउदै बिपक्ष देविगंञ्ज एफसी विरुद्ध ७ नं. जर्सी लगाएर खेलेका जुनियरले गोल हानीहाले । उनैले १० औ मिनेटमा आफ्नो टिम न्युस्टारका लागि अर्को गोल थप्दै २–० गोल अन्तर बनाएका थिए । पहिलो हापको २४ औ मिनेटमा न्युस्टारकै अर्का खेलाडी अमर याक्खाले गोल थपे ।
दोस्रो हापमा देबिगंजका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । यद्यपि विपक्ष न्युस्टारका रक्षक मोहन क्षेत्री ढाल बनेर उभिएपछि देबिगंजको आधा दर्जन बढी प्रहारले जालि चुम्न नसकेपछि हार स्वीकार्न बाध्य हुनुप¥यो । दोस्रो हापमा देबिगंजका युकेस तामाङ, पुरन मगर, जित लिम्बू लगायतका खेलाडीले बिपक्षी न्युस्टारलाई दबाबमा राखेका थिए ।
सुनारेको सय चोट लुहारेको एकै चोट भन्ने आहानलाई चरितार्थ गर्दै जुनियर लिम्बूले खेलको ८० औ मिनेट र अतिरिक्त समयको अन्तिम केही सेकेण्ड अगाडी गोल गर्दै खेललाई ५–० को फराकिलो अन्तरले आफ्नो टिमलाई बिजयी गराएका छन् । जुनियर लिम्बू बुधबार भएको खेलको म्यान आफ्द म्याच त भएनै मैदानमा उपस्थित फुटबल प्रेमी दर्शकको बधाईको पात्र मात्र बनेनन नगद पुरस्कारसमेत प्राप्त गरे । लिम्बूलाई कार्यक्रममो प्रमुख अतिथि नेपाली कांग्रेस बेलबारी नगर सभापति छत्र लिम्बू, सोही पार्टीको पथरीशनिश्चरे नगर उपसभापति शन्तोष कार्की, सचिव सन्तोष कटुवाल लगायतबाट म्यान आफ द म्याचको ट्रफी, नगद प्रदान गरिएको थियो ।
मैदानमा उत्कृष्ट प्रदर्शन गरेका जुनियर लिम्बू खेल सकिना साथ तन्नेरी दर्शकहरुले सेल्फी र टिकटक खिच्न घेरिएका थिए ।
जुनियर लिम्बूको खेल मनपराएर विपक्षी देबिजंग एफसीका मेनेर बिरेन साबाले समेत नगद पुरस्कार प्रदान गरेका थिए । न्युस्टारले यो सिजनको सबैभन्दा बढी गोल अन्तरले बिजय हासिल गर्दै प्रतियोगितामा ३ अंक जोडेको छ । यता देबिजंगले भने लिगको दोस्रो खेलपनि पराजित भएपछि हालसम्म अंक रहित छ । न्युस्टार एफसीको बिरोज मागर, राकेश र उबल राईले नेतृत्व गर्दै आएका छन् । भोलीको खेल सिरिजंगा र द रियल ब्रर्दरवीच हुने आयोजक समितिको उपाध्यक्ष बिक्की राईले जानकारी दिए । दुबै टिम पहिलो खेल जितेर ३–३ अंकसहित अघि बढ्दै गरेको टिम हो ।
जुनियरको उत्कृष्ट प्रदर्शनले तितोपिरो बिर्सिएर घर फर्किए दर्शक
खेलमा पराजित हुने क्लब र खेलाडीहरुलाई पक्कै नरमाइलो लाग्न सक्छ । यद्यपि जुनियर लिम्बूको उत्कृष्ट प्रदर्शनले सायद नरमाइलो मनलाई समेत कम गरेको हुनुपर्छ । ।
बुधबारको खेलमा रेफ्रीले दुई वटा बिबादित गोललाई सदर गरेको भन्दै मध्यन्तर समयमा केहीबेर तनाब भएको थियो । रेफ्री मदन काफ्ले, बिनोद धिमाल, मनोज तामाङ, बिक्रम कार्कीले खेल खेलाएका थिए । न्युस्टारका खेलाडीले रेखा नजिकै आउट गएको र अर्को पटक अपसाइट गरेपनि मुख्य रेफ्री मदन काफ्लेले फउल नलिएको भन्दै मध्यान्तर समयमा केहीबेर तनाव भएको थियो । लाइन्समेनले फ्लाग उठाएपनि रेफ्रीले फाउल नलिएको देबिगंज एफसीको गुनासो थियो । करिव आधा घण्टाको छफलपछि दोस्रो हाप सुरु भएको थियो । दोस्रो हापमा देबिगंजका खेलाडिहरुको चर्को दबाब र न्युस्टारका जुनियर लिम्बूको विपक्षी खलाडीलाई छल्दै गरेको चार गोल हानेपछि ध्यान उही जादुमय प्रदर्शनकारी जुनियरतिर मोडियो । जुनियरको जादुले मैदानमा केहीबेल देखिएको तितोपिरो बिर्सिएर घर फर्किए दर्शक ।