• मोरङ । प्रदेश नं. १ को नाम किरात राख्न माग गर्दै बिहिबार मोटरसाइकल ¥यालीपछि १ नं. प्रदेश सभा कार्यालय घेराउ भएको छ । 
    किरात राई यायोक्खा सुनसरीको आयोजनामा धरानबाट सुरु भएको मोटरसाइकल ¥याली इटहरी, बिराटनगरको मुख्यमन्त्रीको कार्यालय, अन्तरिक मामिला मन्त्रालयहुदै प्रदेश सभा कार्यालयमा आएर कोणसभामा परिणत भएको थियो । 
    कोणसभा अघि प्रदेश सरकारको प्रदेश नामाकरण संयोजन समितिको संयोजक समेतरहेका स्वास्थ्य मन्त्री जयराम यादबलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै मन्त्री यादबले सरकार पहिचानको आधारमा नाम प्रस्ताब गर्ने पक्षमा रहेको बताए । सरकारसँग दुई तिहाइ सभा सदस्य नभएको कारण नाम पास गर्न प्रतिपक्ष एमालेको साथ चाहिने बताए । नाम राख्न एमाले सकारात्मक भए समस्या नहुने मन्त्री यादवको भनाइ थियो । 
    ज्ञापनत्र बुझाएपछि प्रदेश सभा कार्यालयको घेराउ गर्दै गेटमा कोणसभा भएको थियो । कोणसभामा सम्बोधन गर्दै किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राईले किरात जातीय नभएर इतिहास, भूगोल, सभ्यता, भाषा र संस्कृतिको आधारमा भएको बताए । राईले किरात शब्द कैलाश, कैरातहुँदै किरात भएकोले यो नाम प्रति कसैले शंका नगर्न र अध्ययन गरेर बोल्न अनुरोध गरे । 
    नेपालको इतिहासमा किरात काल प्रष्ट उल्लेख भएको महेन्द्र शाहाले २०१७ सालमा १४ अञ्चल, ७५ जिल्ला बिभाजन गर्नु पूर्ब वल्लो किरात, माझ किरात र पल्लो किरात गरेर प्रशासनिक बिभाजन भएको सचिब राईको भनाइ थियो । 
    नेपालमा जनताको शासन स्थापित गर्न रामप्रसाद राई, रत्न बान्तावा, कटक साम्पाङ लगायत चार सय जतिले बलिदान, नवीन राई, दिलबहादुर राई लगायतले हालसम्म बेपत्ता रहेको बताए । संमृद्धिको लागि शान्ति आवश्यक रहने उल्लेख गर्दै पहिचानका आधारमा नाम राखिए मात्र त्यो संभवहुने बताए । 
    कोण सभाको समापन गर्दै आयोजक किरात राई यायोक्खा सुनसरीको अध्यक्ष राजेन्द्र राईले शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरिए अरु कडा कार्यक्रम ल्याइने चेतावनी दिए । किराया सुनसरी सचिव नवीन राईले सञ्चालन गरेको कार्यक्रम यायोक्खा केन्द्रीय सदस्य नागेश्वर राई, नेपाल आदिबासी जनजाति समन्वय समितिको अध्यक्ष राम मण्डुपा राई लगायत सहभागि भएका थिए । ¥यालीमा  धरान, इटहरी, विराटनगर गरी करिव चार सय मोटरराइकल सहभागी रहेका थिए । किरात राई विद्यार्थी संघका नेता, कार्यकर्ताहरु सहभागि भएको ¥यालीमा किरात प्रदेश–घोषणा गर, पहिचान विरोधी–होसियार लगायतको नारा लगाएका थिए । 


    यस अघि किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई, उपाध्यक्ष जीवन हाताचो राई, महासचिव जनक राई लगायतको टोली राजधानी काठमाडौबाट आएर मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संसदीय दलका नेताहरु, मन्त्री र सांसदहरलाई भेटेर प्रदेशको नाम किरात राख्न छलफल तथा स्मरण पत्र बुझाएको थियो । 
    यायोक्खाले किरात प्रदेश नामकरणको लागि २५लाख हस्ताक्षर बुझाउनुको साथै मोटरसाइकल ¥याली, बृहत आमसभा, कविता वाचन लगायतको शान्तिपूर्ण कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आएको छ । 


     

सम्वन्धित समाचार

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समिति मोरङले दुई पत्रकार लग…

मोरङ । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश मन्त्री र सांसदहरुला…

मोरङ । प्रदेश नं. १ संयुक्त संघर्ष समितिले आइतबार .(मंसिर २) ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी न…

मोरङ । प्रदेशको नाम कोशी खारेजी सम्बन्धि भोली (मंसिर २ं) विराटनगरमा हुने विरोध कार्यक्रममा पूर्ब उर्जा मन्त्…