• काठमाडौं, २७ फागुन

    ललितपुर प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद तोकी फरार रहेका हेटौंडा उपमहानगरपालिका-१७ का ३२ वर्षीय मुन्दिप भुजेल पक्राउ परेका हुन् । 

    हाल काठमाडौंको मनमैजुमा लुकिछिपी बस्दै आएका भुजेललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । 

    बैकिङ कसुरमा भुजेलविरुद्ध उच्च अदालत पाटनले १२ मंसिर ०७८ मा नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजायको फैसला गरेको थियो । फैसला गरेसँगै उनी फरार भएका थिए । उनी काठमाडौंमै लुकिछिपी बस्दै आएका थिए । विशेष सूचनाको आधारमा खटिएको अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…