• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’मा टेन नवोदय एफसी समूह बिजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । 
    आज (सुक्रबार) भएको खेलमा शिखर एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै ७ अंक सहित समूह विजेता बनेको हो । सुक्रबारको खेलमा दोस्रो हापको अन्तिम समयमा टेन नवोदाय खेलाडी मिन धिमालले गोल गरेपछि समूह बिजेता बनेको हो । डी बक्समा शिखरका खेलाडीले फउल गरेपछि भएको प्यानल्टी सुट आउटमा टेन नवोदयको लागि मिन धिमालले गोल गरेको हो । खेलको म्यान आफ द म्याच निर्णायक गोल कर्ता मिन धिमाल घोषित भए । उनलाई कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका नेता राजेन्द्र ढकालको हातबाट नगद र ट्रफी प्रदान गरिएको थियो । 
    डिफेन्डिङ च्याम्पियन रहेको टेन नवोदयले लिग चरणमा वाईएफसी (भुटानी शरणार्थी)लाई पराजित गरेको थियो भने वाईजीएफटीसँग बराबरी खेल्दे ४ अंक जोडेको थियो । 
    सुक्रबारको खेलमा टेन नवोदयसँग पराजितको शिखर एफसी पनि समूह उपबिजेता बन्दै नकआउट चरण प्रबेस गरेको हो । शिखरले यस अघि वाईजीएफटी र वाईएफसीलाई पराजित गर्दै ६ अंक जोडेको थियो । समूह ए बाट वाइजीएफटीसँग १ र वाइएफसीले स्कोर गर्न नसकेको कारण शिखर एफसी समूह उपबिजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको हो । भोली समूह चरणको अन्तिम खेल वाईजीएफटी र वाईएफसीवीच हुँदैछ । भोलीको खेल जस्ले जितेपनि दुबै टिम लिगबाट बाहिरिन्दै छ ।  
    समूह बी मा द रियल ब्रदश एफसी दुई खेल जित्दै ६ अंक सहित अगाडी रहेको छ भने सिरिजंगा र न्यु स्टार ३–३ अंकसहित प्रतिस्पर्धामा छ । यो समूहबाट देविजंगले भने हालसम्म स्कोर गर्न सकेको छैन । 
     

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…