• मोरङ । मोरङको पथरीशनिश्चरे–१, स्थित पथरी बहुमुखी क्याम्पसको सञ्चालक समितिको भोली (शनिबार)हुने निर्वाचनमा दुबै टिमले आफ्नो प्यानल घोषणा गरेका छन् ।
    सुक्रबार विहान मनोहर होटलमा पत्रकार सम्मेलनको आयोजना गरी सरकार गठबन्धनमा रहेका चार दलले संयुक्त उमेद्वार घोषणा गरेको थियो । यता एमाले अपरान्ह ५ बजे सीनभिलेज पार्टी प्यालेसमा पत्रकार भेटघाटको आयोजना गरी उमेद्वारी घोषणा गरेको हो । 
    एमालेले अध्यक्षमा रामकुमार बस्नेत, उपाध्यक्षमा नवलकिशोर खनाल, चार महिला सदस्यहरुमा दुर्गा सुवेदी दंगाल, अरुणा राई, बर्षा एङ्देन, पार्बती बिष्ट, खुल्ला आठमा प्रदीपकुमार राई, कर्ण गदाल बिक, उद्धवराज बस्नेत, उमानाथ अघिकारी, तेजबहादुर बुढाथोकी, खगेन्द्रप्रसाद लुइटेल, एकराज निरौला र हर्कराज राईलाई उमेद्वार उठाएको छ । लेखा समितिको संयोजकमा डिल्लीराज दाहाल, सदस्यहरुमा दुर्गा सिटौला र कमलबहादुर भट्टराई रहेका छन् ।  लेखा समितिमा डिल्लिराज दाहालको मात्र उमेद्वारी परेपछि निर्विरोध निर्वाचित भएका छन् । 
    यता सरकार सम्बद्ध चार दलीय गठबन्धनले अध्यक्षमा दीपक बस्नेत, उपाध्यक्षमा माधवप्रसाद कोइराला, महिला सदस्यहरुमा ज्योति सावा लिम्बू, प्रेमकुमारी ढकाल, विन्दुदेवी राई, विष्णु बिष्ट, खुल्ला सदस्यहरुमा खेमनाथ ढुङ्गेल, गोबिन्द वनेम, धनप्रसाद सावा, नरेशकुमार विक, बिजयजंग बस्नेत, मानबहादुर श्रेष्ठ, रमेशकुमार राई, लोकनाथ खरेल उमेद्वार उठाएको छ । लेखा समिति सदस्यमा दिलिपकुमार तामाङलाई उमेद्वार उठाएको छ । 


    सरकार गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)ले संयुक्त प्यानल उठाएको हो । समितिमा अध्यक्ष, उपाध्यक्ष, चार महिला, आठ खुल्ला सदस्यहरु गरी १४ र लेखा संयोजकसहित ३ गरी १७ पदमा निर्वाचन हुन्छ । 
    एमालेले घोषणा गरेको समूहले प्रगातिशील समूह नाम दिएको छ । यो समूहलाई अन्य दललेसमेत सहयोग गर्ने सो प्यानलको दावि छ । 
    गठबन्धनले हालसम्म चार कार्यकाल एमाले एक्लैले नेतृत्व गर्दा क्याम्पसमा चरम आर्थिक अप्रचलन भएको आरोप लगाएको छ भने एमालेले सो आरोपको खण्डन गर्दै निर्वाचन जित्ने दावी गरेको छ । 
    २०६४ सालमा स्थापित भएको क्याम्पस सञ्चालक समितिको अध्यक्ष पार्टीगत हिसाबले हेर्दा एमाले नेतृत्व गर्दै आएको थियो । यस अघि मोहन तुम्बापोले दुई कार्यकाल र मोहन न्यौपानेको दुई कार्यकाल सकिदै छ । स्थापना कालमा मोहन तुम्बापोलाई सर्वसहमत अध्यक्ष चयन भएका थिए भने मोहन न्यौपानेले एक कार्यकाल निर्वाचन जितेर अध्यक्ष बनेका थिए । 
    एमालेसँगको छलफलमा पार्टीले चार कार्यकाल अध्यक्ष चलाएकोले कांग्रेसका रुपनारायण भट्टराई वा नेकपा (एस)का चण्डीप्रसाद राईलाई अध्यक्ष मानेर सर्वसहमत गर्न पहल गर्दा नमानेपछि चिर्वाचनमा जानुपरेको कांग्रेसका एक नेताले बताए । यता एमाले तर्फबाट अध्यक्षको उमेद्वार रामकुमार बस्नेतले भने आफूहरु सर्बसहमतिमा  जान तयार रहेको बताएका छन् । 
    क्याम्पसमा ३१७ जना परिषद सदस्य रहेका छन् । दुबै प्यानलले आफुले जित्ने दावी गरेका छन् । 
    निर्वाचन प्रकृयाको लागि आज (सुत्रबार) मनोनयन दर्ता २ बजेसम्म, उमेद्वारी फिर्ता भोली (शनिबार) १० देखि ११ बजेसम्म र मतदान १ देखि ५ बजेसम्म हुने निर्वाचन आयुक्त अर्जुन बुढाथोकीले बताए । 


    अध्यक्षको उमेद्वार रामकुमार बस्नेत एमाले १ नम्बर प्रदेश समितिको सचिवालय सदस्य हुन भने गठबन्धनको तर्फबाट उमेद्वार बनेका दीपक बस्नेत पथरी उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्षको साथै नेकपा (एस)को १ नम्बर प्रदेश सदस्य हुन् । दीपक बस्नेत एमालेबाट भर्खरै नेकपा (एस)मा गएका हुन् । रामकुमार बस्नेत एमाले र दीपक बस्नेत नेकपा (एस)बाट आउने स्थानीय तहको निर्वाचनमा पथरीशनिश्चरे नगर प्रमुखको उमेद्वारको समेत दावेदार हुन् । 
    गठबन्धनको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नगर सभापति रुपनाराण भट्टराई, माओवादी केन्द्रको नगर उपाध्यक्ष प्रेम ढकाल, जनता समाजवादी पार्टीका फिपराज बेघा, नेकपा (एस)का नगर अध्यक्ष तुलशी ढकाल, अध्यक्षको उमेद्वार दीपक बस्नेत, उपाध्यक्ष माधव कोइराला लगायतको उपस्थिति रहेका थिए । एमालेद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाले केन्द्रीय सदस्य युवराज बस्नेत, नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट, पथरी उद्योग वाणिज्य संघको अध्यक्ष धनकुमार तामाङ लगायतको उपस्थिति रहेको थियो । 

सम्वन्धित समाचार

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन “प्याब्सन” पथरी शनिश्चरे नगर कार्यसमितिको शनिबार …

मोरङ । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टालाई पथरी जेसीजले जेसीज गाउँ घोषणा गरेको छ । …

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समिति मोरङले दुई पत्रकार लग…

मोरङ । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश मन्त्री र सांसदहरुला…