प्रदेश सम्मेलन गरेको लामो समयपछि नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिइएको छ । शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले पदाधिकारी चयन गर्दै पूर्णता पाएको हो ।
माओवादी केन्द्र कर्णाली प्रदेश समितिको दोस्रो बैठकबाट प्रदेश कमिटीका पदाधिकारी सर्वसम्मत चयन भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।
प्रदेश अध्यक्षमा विमला विमला केसी यस अघि नै भएन भइसकेकी थिइन् ।
प्रदेश उपाध्यक्ष कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट), सहसचिव वीरबहादुर कुँवर (जुम्ला), सहसचिव लालकेश जैसी (हुम्ला), सहसचिव विर्खबहादुर थापा (मुगु) र कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा) चयन भएका छन् ।