• सुनसरी । सुनसरीको धरानमा दुई दिनदेखि चाम्लिङ राई समुदायको लिपि, भाषा संस्कृति बारे प्राज्ञिक बहस (छलफल) भइरहेको छ । 
    किरात राई चाम्लिङ खाम्बातिमको पाँचौ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा संस्कृति, मातृ भाषा लिपि, साकेला, सामै÷पाछा, किरात पहिचान, चुल्हो (धर्म) लगायत नौ वटा बिषयमा प्राज्ञिक बहस भइरहेको छ । 
    किरात सिरिजंगा लिपि चाम्लिङ भाषामा यसको प्रयोग बारे डा.तामामणी राई, चाम्लिङ मात्रृ भाषामा शिक्षणको सान्दर्भिकता बारे डा. कैलाश राई, किरात पहिचान बारे डा. विष्णु एस राई, चाम्लिङहरुको सामै र पाछा बारे भोगिराज चाम्लिङले कार्यपत्र प्रस्तुत गरेका छन् । 
    त्यसैगरी किरात धर्म, चुल्हो र यले संवत बारे कुलपति जयकुमार राई, चाम्लिङ राई समुदायको मौलिक संस्कृति बारे यायोक्खा महासचिव जनक राई, मात्रृ भाषामा शिक्षा बारे झुमप्रसाद राई, राई जातिको मौलिक संस्कृति (साकेला) बारे शालिक सातासक राई गरीले बहस (छलफल)को लागि कार्यपत्र प्रस्तुत गरेका छन् ।
    किरात राई चाम्लिङ खाम्बातिमको पाँचौ राष्ट्रिय सम्मेलनको शनिबार (फागुन २८) धरानको भानुचोकमा उद्घाटन भएको थियो । धरानको सैनिक भवनमा आइतबार विहानैदेखि सुरु भएको बन्द सत्रमा कार्यपत्रहरु प्रस्तुत भएको खाम्बातिमको केन्द्रीय अध्यक्ष युवराज राईले बताए । 
    नेपालमा पश्चिमा धर्म, संस्कृति हाबिहुदै जाँदा स्थानीय भाषा, धर्म, संस्कार चपेटामा पर्दै आएको छ । नेपाल सरकारले परम्परागत रैथाने धर्म संस्कार, भाषा, लिपिलाई संरक्षण र बिकासमा महत्व नदिदा दिनदिदै संकटमा पर्दै आएको छ । यसैवीच चाम्लिङ राई समुदायको मौलिक भाषा, प्रयोग गर्ने लिपि, धर्म संस्कृतिको संरक्षण र बिकास गर्ने उदेश्यले किरात राई चाम्लिङ खाम्बातिमले प्राज्ञिक बहस चलाएको हो । पूर्बी नेपालको बिभिन्न चाम्लिङ राई बस्तिहरु, काठमाडौदेखि पश्चिम नेपालको बिभिन्न जिल्लाहरु, भारतको सिक्किम, दार्जेलिङ, बेलायत, हङकङ, मकाउ, अमेरिका लगायतबाट आएका तीन सय प्रतिनिधिहरु आज (सोमबार, ३० फागुन)मा समूह गत छलफलपछि निष्कर्ष निकाल्ने बताइएको छ । प्रस्तुत कार्यपत्रमा सोमबार अपरान्हसम्म छलफल र निष्कर्षपछि नयाँ नेतृत्वको निर्वाचन हुने महासचिव लिलम राईले बताए ।  
    किरात राई चाम्लिङ खाम्बातिमको पाँचौ राष्ट्रिय सम्मेलनको उद्घाटन धरानको भानु चोकमा १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, सभामुख प्रदिपकुमार भण्डारी, पर्यटन तथा उर्जामन्त्री रामकुमार राई लगायतको उपस्थितिमा उद्घाटन भएको थियो । 

     


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…