• धनगढी, ३० फागुन

    सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्ली इलेक्सनकाे सम्भावना नरहेकाे बताएका छन् ।

    एमालेकाे अवराेधका कारण ६ महिनादेखि संसद सहजरुपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहकाे चुनावअघि अर्ली इलेक्सनबारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका बेला पूर्वप्रधानमन्त्री प्रचण्डले अब नियमित चुनाव मात्र हुने बताए ।

    साेमबार बिहान धनगढी विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा प्रचण्डले भने-एमालेले दुई पटक संसद विघटन गर्‍याे । अहिले संसद चल्न दिएकाे छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएकाे छ । त्याे सत्य हाेइन ।'

    ३० वैशाखमा स्थानीय तहकाे चुनाव घाेषणा भइसकेकाे र अब साेही अनुसार प्रक्रिया अगाडि बढ्ने प्रचण्डले बताए ।

    सुदूरपश्चिम सरकारमा कांग्रेसकाे इन्ट्रि हुने

    सुदूरपश्चिम  प्रदेश सरकारमा नेपाली कांग्रेसकाे इन्ट्रि हुने भएकाे छ । तत्कालीन नेकपा विभाजनपछि सुदूरपश्चिम सरकारमा मन्त्री हेरफेर भए पनि माओवादी केन्द्रले नेतृत्व गरिरहेकाे छ । तर, बहुमत मन्त्री एकीकृत समाजवादीका छन् ।

    माओवादी अध्यक्ष प्रचण्डले  कांग्रेसलाई सुदूरपश्चिम सरकारमा भित्र्याउनेबारे छलफल भइरहेकाे बताए । 'चुनाव आएकाे छ, कांग्रेसले पनि सरकारमा जान चाहेकाे छ,'  प्रचण्डले भने, 'एकीकृत समाजवादीका केही मन्त्रीलाइ फिर्ता बाेलाएर कांग्रेस भित्र्याउने सहमति भएकाे छ ।' यसबारे समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएकाे उनले बताए । 

    हाल सुदूरपश्चिम सरकारलाई कांग्रेसकाे समर्थन रहे पनि सरकारमा छैन । ११ सदस्यीय मन्त्रिपरिषद्‍मा सात समाजवादी र चार माओवादीका मन्त्री छन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…