• जुम्ला, १ चैत 

    आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जुम्लाका राजनीतिक दल गाउँमा प्रवेश गर्न थालेका छन् ।  जुम्लामा कांग्रेस, एमाले, माओवादी  केन्द्र, एकीकृत समाजवादी लगायतका अन्य साना दलका नेताहरू चुनाव लक्षित कार्यक्रम लिएर गाउँमा छिरेका हुन् । 

    माओवादी केन्द्रका अध्यक्ष वीरबहादुर कुँवरले निर्वाचनका कार्यक्रमअघि बढिसकेको बताए । उनका अनुसार ५ चैतदेखि औपचारिक निर्वाचन प्रचारप्रसारका काम अघि बढाउन थालिएको छ । उनले भने, ‘गाउँमा भेटघाट कार्यक्रमलाई तीव्र पारिएको छ । हरेक मतदाताको दैलोमा पुग्ने पार्टीको रणनीति छ ।’

    माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसेर एक चरण गाउँसम्म पुगिसकेको जनाएको छ । पहिलो चरणमा आम मतदाताको अवस्था बुझ्ने काम भएको छ । एमसीसीबारे माओवादी केन्द्रको धारणासमेत तल्लो कमिटीसम्म पु¥याउने  काम गरिरहेको छ ।  

    जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा चुनाव लक्षित कार्यक्रम भइरहेको दलहरुले बताएका छन । एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महतले पनि औपचारिक रुपमा चुनावी प्रचार अभियानमा गाउँमा प्रवेश गरिसकेको बताए । 

    चुनावी अभियानसहित स्थानीय तहमा भेला, गोष्ठी, संगठन विस्तारको अभियान चलाइएको एकीकृत समाजवादी पार्टीका जिल्ला सचिव आदिप्रसाद न्यौपानेले जानकारी दिए । 

    काग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेस जिताऔँ’ अभियानसहित चुनावी तयारीमा जुटेको कांग्रेस उपसभापति कार्मा बुढाले जानकारी दिए । 

    सरकारले आउँदाे ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन गर्ने घाेषणा गरेकाे छ । 

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…