• मोरङ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोगले जग्गा उपलब्ध गराउन मोरङको पथरी शनिश्चरे नगरमा नापीको प्रकृया अघि बढाएको छ । 
    जग्गा नाप्नु अघि पोइन्ट पत्ता लगाउन रिकोकनाइज (रेकी) नापी थालेको हो । 
        आयोगको निर्देशन अनुसार नगर इकाइ कार्यालयले वडा नम्बर १ को नापीका लागि रेकी थाल्ने बारे वडा कार्यालयमा छलफल भएपछि रेकी थालिएको नगरस्तरीय आयोग सेवा केन्द्रका संयोजक ताराप्रसाद ढकालले बताए । आयोग र नगरका प्राबिधिकबाट नापीको पोइन्ट पत्ता लगाउने रेकीको काम सकेर टोटल स्टेशन बिधिबाट नापी अघि बढाइने छ । रेकी कार्यमा वडाका जनप्रतिनिधिका साथै १ नम्बर प्रदेश सांसद कृष्णकुमारी राईसमेतको उपस्थिती रहेको छ । नापीका लागि आयोगबाट ३ जना प्राविधिक पठाइएको छ । 
    नगरमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासी ३ हजार ५ सय ६८ र अव्यवस्थित बसोबासको ६ हजार २ सय २५ घर परिवारको कुल ९ हजार ७ सय ९३ वटा फारममा लगत संकलन भएको छ । १० वटा वडामध्ये १ देखि ५ नम्बर वडासम्मको पूर्ण रुपमा र ६ नम्बरको आधी जसोको लगत र ७ को सफ्टवेयरमा प्रविष्टिकरण सकिन लागेको छ । ८, ९ र १० नम्बर वडाको बाँकी रहेको छ । हालको आयोगले सफ्m्टवेयरमा आवश्यक कागजातको प्रावधान केहि फेरबदल गरेकाले कतिपयको थप कागजात मगाएर प्रविष्टिकरण गर्नुपर्ने भएकाले कामको गति ढिलो भएको छ । 
     यसैबीच आयोगले हिजो एक सूचना जारी गरी आयोगमा थप वा पुरक प्रमाण पेश गर्नुपर्ने भए पालिकाको सिफारिस सहित ७ दिन दिनभित्र जिल्ला कार्यालयमा पेश गर्न सूचित गरेको छ ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…