• मोरङ । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ आयोजित दोस्रो ‘पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ उपाधिको लागि द रियल ब्रदर्श र न्युस्टार एफसीवीच भिडन्त हुनेभएको छ ।
    ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को बिहिबार भएको अन्तिम सेमी फाइलन खेलमा शिखर एफसीलाई १–० गोल अन्तरले पारजित गर्दै द रियल ब्रदर्श दोस्रो सिजनको लागि फाइनलमा प्रवेश गरेको हो । 
    बिजेता द रियल ब्रदर्शको लागि पहिलो हापको ३६ औ मिनेटमा तिर्थ बस्नेतले गरेको गोल नै निर्णायक बन्यो । आजको खेलको म्यान अफ द म्याच निर्णायक गोल गर्ने द रियल ब्रदर्शको खेलाडी तिर्थ बस्नेत घोषित भए । द रियल ब्रदर्श गत सिजनको पनि फाइनल खेलेको क्लव हो । 
    फाइनल प्रतियोगिताको लागि पहिलो सिजनको डिफेन्डिङ च्याम्पियन टेन नबोदयलाई पराजित गर्दै न्युस्टार पहिलो पटक फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल शनिबार (५ चैत्र) न्युस्टार र द रियल ब्रदर्श एफसीवीच प्रतिस्पर्धा हुने भएको छ । 
    उपाधि उठाउने क्लवलाई २ लाख ५१ हजार र दोस्रो हुने टिमलाई १ लाख ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने लिग आयोजक समितिको संयोजक संजिव गिरीले बताए । अनुशासित टिमलाई १५ र सर्वोत्कृष्ट खेलाडीलाई १२ हजार पाँच सय प्रदान गरिने आयोजक समितिको सचिव मनि लिम्बूले बताए ।

    फाइनल खेल अघि सांगीतिक कार्यक्रम हुने
    शनिबार हुने फाइनल खेल अघि भ्वाइस अफ नेपालको बिजेता गायक किरण गजमेर लगायतको कलाकारहरुको उपस्थितमा सांगीतिक कार्यक्रम हुने आयोजक समितिका सचिव मनि लिम्बूले बताए । कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन नायक दिलिप रायमाझी लगायतका कलाकारहरुको उपस्थिति रहने आयोजक समितिले जनाएको छ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…