• अर्घाखाँची, ७ चैत

    अर्घाखाँची जिल्लामा रहेको  सुपा देउराली मन्दिरको संचालक समितिमा नेपाली काँग्रेस र नेकपा एमालेले राजनीतिक बाँडफाँट गरेका छन् । 

    केही दिन अघि सम्पन्न अधिवेशनमा डेढ डेढ वर्ष नेतृत्व गर्नेगरी बाँडफाँट मात्र गरेका छैनन् कार्य समितिमा समेत दुई दलले पदाधिकारीसहित सदस्य बाँडफाँट गरेका छन् । 

    अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाको सिमानामा रहेको मन्दिरमा सन्धिखर्क नगरपालिका वडा नं. ७ र शितगंगा नगरपालिकाको वडा नं. २ का स्थानीयवासीले नेतृत्व लिँदै आएका छन् । 

    एमालेका तर्फबाट फर्सबहादुर केसीले मन्दिर संचालक समितिको डेढ वर्ष नेतृत्व गर्ने बताइएको छ भने हाल काँग्रेसको तर्फबाट समिति सदस्य चयन भएका गणेश थापाले बाँकी डेढ वर्ष नेतृत्व गर्नेछन् ।

    समितिको नेतृत्व सहित उपाध्यक्ष, सचिव, सहसचिव र ५ सदस्य गरी ९ जनाले नेकपा एमालेबाट प्रतिनिधित्व गर्नेछन् भने कोषाध्यक्ष र ५ सदस्य सहित ६ जना नेपाली काँग्रेसको तर्फबाट समितिमा रहनेछन् ।

    पश्चिम नेपालकै गहनाको रुपमा विकास भई उत्कृष्ठ पर्यटकीय गन्तव्यको रुपमा विकास भइसकेको सुपा देउराली मन्दिरमा क्षमता र कार्यकुशलताको आधारमा भन्दा पनि राजनीतिक योग्यताको आधारमा नेतृत्व चयन गरिनुले धार्मिक धरोहरलाई कमजोर बनाउने चिन्ता यस क्षेत्रका धार्मिक व्यक्तिहरुको छ ।

    नवनिर्वाचित अध्यक्ष फर्सबहादुर केसी भने आफुहरु विधान अनुसार नै अगाडि बढेको दावी गर्छन् । आधा आधा कार्यकाल नेतृत्व गर्ने र दुई दलले पदाधिकारी तथा सदस्य बाँडेको बारेमा भने केसीले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…