• काठमाडौं, ८ चैत 

    नेपाल र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७४ पुगेको छ । 

    कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धि संयुक्त विज्ञप्तिमा नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघको लागि स्थायी प्रतिनिधी तथा राजदूत अमृत बहादुर राई र पलाउको तर्फबाट राष्ट्रसंघको लागि पलाउका स्थायी प्रतिनिधि तथा राजदूत इलाना भिक्टोरिया सेइदले हस्ताक्षर गरेका थिए । 

    हस्ताक्षर स्थानीय समय अनुसार सोमबार अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा एक कार्यक्रमाको आयोजना गरी गरिएको थियो । 

    दुवै देशले एक पत्र लेखि कूटनीतिक सम्बन्ध स्थापना गरेको सम्बन्धमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी समेत गराएको न्यूर्योकस्थित नेपाली स्थायी नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    पलाउ गणतन्त्र फिलिपिन्सको दक्षिणपूर्वमा प्रशान्त महासागरमा अवस्थित एउटा देश हो । पलाउको क्षेत्रफल ४५९ वर्ग किलोमिटर र जनसंख्या २२ हजार रहेको छ । पलाउ सन् १९९४ अक्टोवर १ का दिन स्वतन्त्र राष्ट्र बनेको थियो । 

    नेपालले सबैभन्दा पहिला कूटनीतिक सम्बन्ध बेलायतसँग स्थापना गरेको थियो । नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना भएपछि हालसम्म २०६ वर्षको अवधिमा नेपालले १७४ देशसँग यस्तो सम्बन्ध जोडेको छ । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…