• मोरङ । मोरङको कानेपाखेरीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आइतबार पालिका स्तरीय स्थानीय चुनाव केन्द्रित विस्तारित भेला तथा प्रशिक्षण कार्यक्रम समापन भएको छ । 
    कानेपोखरी गाउँपालिका २ स्थित आदिबासी भवनमा भएको कार्यक्रममा पूर्ब मन्त्री समेतरहेका पार्टीको केन्द्रीय सदस्य गोपी आच्छामी, केन्द्रीय सदस्य गीता तिम्सिना, संविधान सभा सदस्यसमेत रहेका प्रदेश सदस्य तथा जिल्ला सह इन्चार्ज लालबहादुर मगर, प्रदेश सहसचिव रचना राई लगायतले प्रशिक्षण दिएका थिए । 
    कार्यक्रममा पालिका समिति अध्यक्ष मनोज राजवंशीले वडागत रिर्पोटिङ गरेका थिए भने इन्चार्ज अम्बिका अर्यालले प्रदेशको सर्कुलर पढेर सुनाएका गिए । 
    कार्यक्रमको प्रमुख अतिथि गोपि अच्छामीले माओवादी निर्वाचन हारे देश प्रतिगमनकारी हाबी हुने भएकोले एक ढिक्का भएर चुनावमा लाग्न निर्देशन दिएका छन् । टिकट पार्टी सदस्य जो सुकैले पाउने भएकोले जो उठेपनि जित्ने वातावरण बनाउनु पर्ने आच्छामीको निर्देशन थियो । कार्यक्रममा करिव दुई सय सहभागी रहेका थिए । 
    कानेपोखरीको सात वटै वडामा समितिहरु क्रियाशील रहनुको साथै टोल कमिटिहरु गठन भइरहेको पार्टी अध्यक्ष राजवंशीले बताए । 
    कानेपोखरीमा पालिका अध्यक्षमा अम्बिका अर्याल, मनोज राजवंशी, नवीन राई, सुर्य धिमाल र उपप्रमुखमा तारा ओझा लगायत आकाङ्क्षी रहेको बुझिएको छ । 


     

सम्वन्धित समाचार

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…