• हेटौंडा, २३ चैत
    हेटौंडा उपमहानगरपालिका-६ को एउटा सडक निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको भन्दै वडा अध्यक्षले विरोध जनाएका छन् ।

    बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले वडास्थित बीचहात्तिलेटबाट रामनगर सम्म जोड्ने सडकको निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेका हुन् ।

    वडा कार्यालयसँगको समन्वय बिना एमाले ६ नम्बर वडाका स्थानीय नेताहरूले पूर्वमुख्यमन्त्री पौडेलबाट सडकको उद्घाटन गराएको भन्दै वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले विज्ञप्ती मार्फत विरोध जनाएका छन् । सडक निर्माण सम्पन्न नहुँदै उद्घाटन भएपछि यसको विरोध हुन थालेको छ । टोल विकास संस्थालाई समेत खबर नगरी अनावश्यक राजनीति गर्दै निर्माण भैरहेको सडक उद्घाटन गरिएको स्थानीयको आरोप छ । 

    हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को २०७५/०७६ र ०७६/७७ को सिलिङ बजेटबाट विनियोजित रकम र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्र विकास कोषबाट रकम प्राप्त भई वडा कार्यालयबाट उपभोक्ता समिति गठन गरेको र समितिले काम नगर्दा बजेट फ्रिज भएपछि वडाकै पहलमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २०७८/०७९ मा ठेक्कामार्फत काम भइरहेको वडा अध्यक्ष चौलागाईंले जानकारी दिए । 

    भर्खरै कालोपत्रे भएको र बजेट फरफारक समेत नभई हस्तान्तरण नभएको सडक एमालेले वडा कार्यालयलाई उपेक्षा गरी उद्घाटन गरेको विज्ञप्तीमा उल्लेख छ ।

    ‘निर्माण सम्पन्न भए पश्चात सल्लाहमै उद्घाटनका लागि पूर्वमुख्यमन्त्री पौडेललाई नै बोलाउँदा पनि हुन्थ्यो,’ वडा अध्यक्ष चौलागाईले भने, ‘म विकास विरोधी होइन । जसले उद्घाटन गरे पनि वडाकै विकास हुने कुरा हो । तर यहाँ अनावश्यक राजनीति गरियो ।’

     सडकको दायाँबायाँ ढल निर्माण पनि भएको छैन ।
     

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…