• काठमाडौं । लिम्बुवानका पूर्व केन्द्रीय नेताहरु संगठित भएर किरात मोर्चा नेपाल नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
    केही बर्ष अघिसम्म सप्तकोशी पूर्ब लिम्बुवान प्रदेशको माग गर्दै आएका नेताहरुले चैत्र २२ गते (मंगलबार) किरात मोर्चा नेपाल दल गर्ता भएको सो संगठनका महासचिव तेन्धक मिभक लिम्बूले बताए । 
    मिभक केही बर्ष अघि कुमार लिङ्देनको नेतृत्वमा रहेको तत्कालीन संघीय लिम्बुवान राज्य परिषदको केन्द्रीय उपाध्यक्ष थिए । नव गठित किरात मोर्चाको केन्द्रीय अध्यक्ष बालकुमार थाम्सुहाङ (मिसेकहाङ) रहेका छन् । थाम्सुहाङ तत्कालीन कुमार लिङ्देन नेतृत्वको संगठनको महासचिव भएर काम गरेका नेता हुन् । 
    मोर्चाको बरिस्ठ उपाध्यक्षमा नवीन किराती, उपाध्यक्ष कुशुम लिङदेन, गोपाल पुन मगर, पम्फा किराती, महासचिबमा तेन्धक मिभक, उपमहासचिवमा होम बुढामगर, सचिव ओम धामी, सहसचिब सौजन सुब्बा र कोषाध्यक्ष एस.के.लामा रहेका छन् ।  
    सदस्यहरुमा खत्रि बहादुर आङबुहाङ, भिम योङहाङ, चन्द्र सावा, डा.रत्न थाम्सुहाङ, केसरसिंह लिम्बू, भिम गुरुङ, सर्मिला लिम्बू, उपमा राई, अजय निरौला शार्मा, बिकास तिवारी, सलिम मियाँ, लिला देबि बिस्वकर्मा रहेका छन् । 
    त्यसैगरी नुमा  राई, परिस्मा ढकाल, रेनुका श्रेष्ठ, मदन सिगु, सबिता राई, सन्जिब योङहाङ, पदम चोङबाङ र शुनिल शाक्य गरी ३१ सदस्यीय कन्द्रीय समिति रहेका छन् । निर्वाचन आयोगमा २७३१ नम्बरमा पार्टी दर्ता भएको संगठनले जनाएको हो । 
    बरिस्ठ उपाध्यक्ष नवीन किराती सशस्त्र संघर्ष गरेको किरात वर्कस पार्टीको पूर्ब अध्यक्ष हुन् । उपाध्यक्ष गोपाल पुन मगर भने माओवादी केन्द्र सम्बद्ध युवा संगठन वाइसीएल नेपालको पूर्ब प्रदेश इन्चार्ज भएर काम गरेको बुझिएको छ । 
    संगठनको अध्यक्ष मिसेकहाङ झापा विर्तामोड र महासचिव तेन्धक मिभकको मोरङ मिक्लाजुङ (टाँडी)का हुन् । 

    किराती मोर्चाको झण्डा आधा रातो र आधा पहेँलो रंग भित्र उदायको सेतो सूर्य रहेको छ । त्यसैगरी चुनाव चिन्ह त्रिशूल, गोलाकार भित्र डम्बरु त्रिशूल, अष्ट चक्र, पहेँलो सूर्य भित्र ओम लेखिएको चार वटा मध्य एउटा चिन्ह प्रस्ताव गरिएको छ । 
    सल्लाहकार संयोजकमा चित्र बहादुर घर्ती मगर (रोल्पा) र सदस्यहरुमा जीएल राई जिम्दार(अमेरिका) क्याप्टेन कुल बहादुर लिम्बू हुक्पाचोङबाङ (तेह्रथुम), राजेन्द्र माखिम (पाचथर), जसराज सुब्बा (कलकत्ता भारत), अधिबक्ता भिम खत्री (इलाम) र रामचन्द्र राई (काठमाडौ) रहेका छन् । 
                          
     

     


     

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…