• मोरङ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेता देब गुरुङले एमाले अध्यक्ष केपी ओलीले प्राप्त उपलब्धी उल्टाउने गरी प्रतिगामी कदम चालेको भन्दै परास्त गर्न एकताबद्ध भएर लाग्नु पर्ने बताएका छन् । 
    मोरङको पथरीशनिश्चरे नगरमा आज (शनिबार) नेकपा (माओवादी केन्द्र)को राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गुरुङले सो कुरा बताएका ह्न । 
    ओली सफलहुँदै गएको भए प्राप्त उपलब्धि उल्टाउने खतरा भएको कारण संघ, प्रदेशमा गठबन्धनको सरकार स्थापित भएको गुरुङको भनाइ थियो । संघीयता, धर्म निरपेक्षता, समानुपाति÷समाबेशीता उल्टाउने खतरा भएको उल्लेख गर्दै बैशाख ३० गतेको निर्वाचनमा प्रतिगामी ओलीलाई परास्त गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । 
    ओली संसद बिघटनसागै एकपछि अर्को प्रतिगामी कदम चाल्न थालेपछि नेपाली कांग्रेस लगायतको शक्तिसँग तत्कालको लागि सहकार्य गर्नु परेको उल्लेख गरे । गुरुङले गठबन्धन गरेर भएपनि स्थानीय तहको निर्वाचत जित्नुपर्ने नेता गुरुङको भनाइ थियो । 
    एमाले अध्यक्ष ओलीले जस्ताको तस्तै पास गर्न लागि परेको र एक्लै रोक्न नसक्ने अवस्थामा देश माथि पर्नेगरी अन्तर्राष्ट्रिय मान्यता अनुसार ब्याख्त्मकक टिप्पनीसहित एमसीसी पास गुरिएको उनले बताए । नेपालको अहित भए सोही ब्याख्यात्मक टिप्पनीको आधारमा एमसीसी खारेज हुनेसमेत नेता गुरुङको भनाइ थियो । कार्यक्रममा गुरुङ साथै पार्टी केन्द्रीय सदस्य साबित्रीकुमार काफ्ले (समर)ले प्रशिक्षण दिएका थिए । 
    संगठनको नगर अध्यक्ष चेतन दाहालको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु गोपि आच्छामी, गीता तिम्सिना, प्रदेश सदस्यसमेत रहेका संविधान सभा सदस्य लालबहादुर मगर लगायतको उपस्थिति रहेको थियो । 
    प्रदेश समिति सदस्यसमेत रहेका नगर ईन्चार्ज दिनानाथ तिम्सिनाले स्वागत मन्तब्य राखिएको कार्यक्रममा सचिव मोहन लिम्बूले संचालन गरेका थिए । पथरी बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा करिव पाँच सय अगुवा कार्यकर्ता सहभागि रहेका थिए । 
    अघिल्लो निर्वाचनमा नगरको ४ नम्बर वडा प्यानल र १० मा एउटा सदस्य मात्र जितेको माओवादी यस पटक भने अवस्था सुधार भएको बताउदै आएको छ । 
    टोलटोलमा संगठन निर्माण गरेर क्रियाशील रहेकोले १० मध्ये कम्तिमा चार वाटा वडा जित्ने माओवादीको दाबी रहेको छ । माओवादीको संगठन मजबुत रहेको, एमाले बिभाजित भएको, कांग्रेसमा अन्तर कलह रहेकोले नेकपा (एस) र जसपासँगको गठबन्धनले निर्वाचन जित्ने माओवादीको आकलन छ । 
    गठबन्धनको लागि नगरमा नेपाली कांग्रेस लगायतको चार दलसँग छलफल भएपनि कांग्रेसले आवश्यक भन्दा बढी दाबी गरिरहेकोले चार दलको गठबन्धन हुने नहुनेमा टुंगो भइ नसकेको माओवादी केन्द्रका नगर ईन्चार्ज दिनानाथ तिम्सिनाले बताए । चार दलको वीच गठबन्धन यदी नभएपनि माओवादी केन्द्र, नेकपा (एस) र जसपावीच गठबन्धन निश्चित हुने बताइएको छ । पथरीशनिश्चरेमा राप्रपाको संगठन क्रियाशील नभएको कारण एमाले भने एक्लै निर्वाचन लड्नपर्ने अवस्था छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…

भूमिप्रसाद पाठक निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज आईतबार वडा नम्ब…