• आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि विभिन्न राजनैतिक दलबाट वडा अध्यक्ष तथा वडा सदस्यमा यस पटक धेरैनै आकांक्षी रहेकाे छ । आकांक्षीहरु मिलाउन दललाई धाउधाउ परेकाे अवस्था छ ।


    त्यस्तै माेरङकाे उर्लाबारी ९ नम्बर वडामा सबै दलबाट एकसा-एक वडा अध्यक्ष पदमा क्षमतावान दावेदार व्यक्तिहरु आकांक्षी रहेका छन् । 
    वडा नम्बर ९ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदकालागी विजय आङबुहाङ पनि एक हुन । वडाकाे समग्र विकास र वडाबासिकाे हितकालागी युवापुस्ता अवस्यक ठान्दै कामगर्ने पालाे हाम्रो भन्दै एकपटक माया गर्नुस त्यसकाे प्रतिफल अभस्य चुकाउने बताउँछन् आङबुहाङ ।


    ग्रामीण भेगमा रहेर सार्वजनिक माविकाे दुई कार्यकाल विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष भई भाैतिक निर्माण, झापा र माेरङकाे सिमानामा रहेकाे विशाल खेलमैदानकाे संरक्षण/विकासकोलागि सचिवभई ग्राउन्ड घेराबारा, आम्बारी बजारकाे अध्यक्षभई भाैतिक संमरचना निर्माण, गाउँघर क्लिनिक निर्माण समितिकाे सचिवभई जन स्वास्थ्यमा सहज वातावरण, कुलझाेडा युवा क्लबकाे अध्यक्षमा रहेर युवाहरुलाई नृत्य/खेलकुद लगायत विभिन्न प्रशिक्षणहरुमा निरन्तरता, सांस्कृतिक उथ्थानकाली चासाेक तङनामकाे संयाेजककाे भुमिका र ऐतिहासिक काली मन्दि निर्माण समितिकाे सचिव लगायत दर्जनौं सामाजिक कार्यहरुमा कामगरी अनुभव बटुलेका यस क्षेत्रका एक मात्र युवा हुन उनी । 


    यस क्षेत्रका चिरपरिचत शिक्षक सन्त आङबुहाङ (सन्त सर)का छाेरा हुन विजय आङबुहाङ । सामाजिक कार्यमा तल्लीन र स्वच्छ मन भएका व्यक्ति भन्दा दुईमत नहाेला । युवा सर्कलमा क्षमतावान र लिडरसिप गर्न सक्ने क्षमता छ उनिमा । अघिल्लो चुनावमा झिनाे मतले हार वेहाेर्नु भएका समीर तुम्बाहम्फे, नयाँ उम्मेदवार युवा व्यवसायी अरनिको अस्पतालका अध्यक्ष राजकुमार (लाेलिम) पाेमु र अघिल्लो चुनावमा स्वतन्त्रबाट उठि हार व्यहाेरेका यस पटक नेपाली काँग्रेसबाट फेरि उठ्ने हल्ला वा आकांक्षी संगै चार जना रहेकाे स्राेतले जनाएको छ ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…