• मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीय सरकारले प्रहरी समायोजन नगरे स्थानीय निर्वाचन पश्चात् अध्यादेशबाटै प्रदेश  प्रहरी भर्ना गर्ने बताएका छन् ।

    वैशाख ३० गतेसम्म प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम दिएको बताउँदै मन्त्री साहले बताए । बिहीबार बिहान मधेश भवनमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री साहले संघ सरकारले प्रहरी समायोजन नगरे आफूहरूले अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउने बताए ।

    उनले भने, ‘मधेश सरकारले तीनै तहको सरकारको सम्बन्ध सुमधुर होस्, संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने अपेक्षा राखेको छ । संघीय सरकारले अविलम्ब समायोजनको प्रक्रिया अगाडि बढाउने विश्वास राखेको छु तर अहिलेसम्म संघीय सरकार अनिच्छुक देखिएको छ । ३० वैशाखसम्म समायोजन नगरे अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउँछौं ।’

    उनले विधेयकबाट जाँदा बढी समय लाग्ने भएकाले अध्यादेश मार्फत नै जाने बताए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…