• मोरङ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मोरङको पथरीशनिश्चरे नगरको तीन वटा वडामा एमालेले सर्वसहमत उमेद्वार छानौट गरेको सो संगठनले जनाएको छ । 
    स्थापित पार्टीहरुमा देशैभर आकाक्षीहरुले आफ्नो अडान नछाडिरहेका बेला एमाले पथरीशनिश्चरेको ४ नं. वडामा प्रेम न्यौपाने, ५ मा उमानाथ अधिकारी र ९ नम्बर वडामा भानु राईलाई सर्वसहमत उमेद्वार चयन भएको सो पार्टीको केन्द्रीय सदस्य युवराज बास्कोटाले बताए । 
    अघिल्लो निर्वाचनमा ४ नम्बर वडामा माओवादी केन्द्र र ५ मा कांग्रेसले अध्यक्ष जितेका थिए । ९ नम्बर वडामा भने कांग्रेससँगको कडा प्रतिस्पर्धामा भानु राईले जितेका थिए । ९ मा पुन राईलाई नै वर्बसहमत वडा अध्यक्षको उमेद्वार बनाएको सो संगठनले जनाएको हो । एमालेको २ नं. वडामा नैना राई र पर्शुराम न्यौपाने मध्ये एक जना उमेद्वार बन्ने पक्का भएको एमालेले जनाएको छ । 
    वडा नम्बर १, ३, ६, ७, ८ र १० मा भने आकांक्षी बढी भएको बुझिएको छ । नगर प्रमुखमा ८ र उपप्रमुखमा ४ जनाको नाम जिल्लामा सिफारिस भएको एमाले श्रोतले जनाएको छ । प्रमुखको दौडमा रहेका २ नम्बर वडा अध्यक्ष यमप्रसाद गुरागाई भने पछि हटेको बुझिएको छ ।
    यता चार दलीय गठबन्धनको भने जिल्लाबाट स्थानीय तह टुंगिएपछि मात्र पात्रको बारे छलफलहुने भएको बुझिएको छ । सुक्रबार बिहान बसेको नगर स्तरीय बैठकमा माओवादी केन्द्रबाट ४, ६, ७, ९ र १० नं. वडा र जसपाले ६ र नेकपा (एस)ले नगर प्रमुख दाबी पेस गरेको बुझिएको छ । यद्यपि वडा बिभाजन आगामी बैठकले टुङ्याउने छलफल भएको बुझिएको छ । 


     

सम्वन्धित समाचार

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चाको सुनसरीको धरानमा भएको ५ औं राष्ट्रिय सम्मेलनबाट पूर्व मन्त्री रामकुमार…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोली (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ ।  न…