• मोरङ । मोरङको पथरीशनिश्चरे ९ नं. वडामा सुक्रबार ३६ जना युवाहरु एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
    पार्टी प्रवेश गर्नेहरुमा एमाले सम्बद्ध युथ फोर्सको पूर्ब शनिश्चरे संयोजक राज लिम्बूको नेतृत्वमा ३६ जना माओवादी केन्द्रमा प्रवेश गरेको वाइसीएल पथरीशनिश्चरे नगर ईन्चार्ज सुमन वनेम लिम्बूले बताए । पार्टी प्रवेश गर्ने सन्जोग राई एमाले सम्बद्ध युवा संघ नेपालको वडा समिति सहसचिव रहेको लिम्बूले जानकारी दिए । राज र सन्जोगसँगै लालबहादुर लिम्बू, मनकुमार तामाङ, नरबहादुर दाहाल, खोमबहादुर लिम्बू, सुनिल श्रेष्ठ, सुशन श्रेष्ठ, बिनोद लिम्बू, बिशाल लिम्बू लगायत ३६ जना युवाहरु पार्टी प्रवेश गरेका हुन् । 
    पार्टीको ९ नं. वडा कार्यालय उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य गीता तिम्सिना, संविधान सभा सदस्य लालबहादुर मगर, नगर ईन्चार्ज दिनानाथ तिम्सिना, नगर उपाध्यक्ष प्रेम ढकाल, गोविन्द कटुवाल, वाईसीएल नगर ईन्चार्ज सुमन वनेम लिम्बू लगायतको उपस्थिति रहेको थियो । माओवादी केन्द्रको ९ नं. वडा समिति अध्यक्ष ईश्वर चौहानको अध्यक्षतामा पार्टी प्रवेश तथा वडा कार्यालय उद्घाटन कार्यक्रम भएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…