• मोरङ । मोरङको पथरीशनिश्चरे ९ नं. वडामा सुक्रबार ३६ जना युवाहरु एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
    पार्टी प्रवेश गर्नेहरुमा एमाले सम्बद्ध युथ फोर्सको पूर्ब शनिश्चरे संयोजक राज लिम्बूको नेतृत्वमा ३६ जना माओवादी केन्द्रमा प्रवेश गरेको वाइसीएल पथरीशनिश्चरे नगर ईन्चार्ज सुमन वनेम लिम्बूले बताए । पार्टी प्रवेश गर्ने सन्जोग राई एमाले सम्बद्ध युवा संघ नेपालको वडा समिति सहसचिव रहेको लिम्बूले जानकारी दिए । राज र सन्जोगसँगै लालबहादुर लिम्बू, मनकुमार तामाङ, नरबहादुर दाहाल, खोमबहादुर लिम्बू, सुनिल श्रेष्ठ, सुशन श्रेष्ठ, बिनोद लिम्बू, बिशाल लिम्बू लगायत ३६ जना युवाहरु पार्टी प्रवेश गरेका हुन् । 
    पार्टीको ९ नं. वडा कार्यालय उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य गीता तिम्सिना, संविधान सभा सदस्य लालबहादुर मगर, नगर ईन्चार्ज दिनानाथ तिम्सिना, नगर उपाध्यक्ष प्रेम ढकाल, गोविन्द कटुवाल, वाईसीएल नगर ईन्चार्ज सुमन वनेम लिम्बू लगायतको उपस्थिति रहेको थियो । माओवादी केन्द्रको ९ नं. वडा समिति अध्यक्ष ईश्वर चौहानको अध्यक्षतामा पार्टी प्रवेश तथा वडा कार्यालय उद्घाटन कार्यक्रम भएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…