• स्थानीय तह निर्वाचनको मनोनय दर्ताको मिति नजिकिँदै गर्दा टिकट लिन सबै दलमा आन्तरिक प्रतिस्पर्धा र उपल्लो तहमा आफ्नो दाबी पेस गर्ने क्रम चलिरहेको छ । 
    यसैक्रममा अघिल्लो निर्वाचन जितेको एमालेमा आकर्षण र आन्तरिक प्रतिस्पर्धा बढ्ने नै भयो । मोरङ पथरीशनिश्चरे नगरको प्रमुख, उपप्रमुख र वडा अध्यक्षको टिकट कस्ले पाउने भन्ने बिषयमा दौड चलिरहेकै छ । 
    पथरीशनिश्चरे नगरमा दह्रो दाबेदारी गर्दै आएका एकजना पुराना नेताहुन भगतचन्द्र थपलिया । थपलिया २०३५ सालदेखि अखिलबाट राजनीतिक जीवन सुरु गरेका ब्यक्ति हुन । थपलिया धनकुटा बहुमुखी क्यम्पसको निर्वाचित स्ववियु सभापति भएर काम गरेका थिए । 
    २०४७ सालमा पार्टी सदस्यता लिएका थपलिया २०५० सालदेखि निरन्तर पथरीशनिश्चरेमा क्रियाशील रहेका नेता हुन् । 
    पार्टीको क्षेत्रीय कमिटीको अध्यक्ष भएर काम गरेका थपलिया अहिले पार्टीको दोस्रो कार्यकालको लागि मोरङ जिल्ला कमिटी सदस्य रहेका छन् । 
    द्वन्दकालमा एमाले भएकै कारण माओवादीबाट दुःख पाएको बताउदै आएका थपिलया २०५६ सालदेखि अध्यक्ष केपी ओलीको राजनीति लिगेसी बोकेको दाबी गर्दछन् । ओलीको विचार र ब्यवहारबाट पार्टी भित्र बिग्रहसम्म भएकाले अन्तर पार्टीमा अझैपनि लिगेसीको कुराले निक्कै प्रभाव पार्दछ । 
    अग्रेजी बिषयमा स्नातकोत्तर गरेका थपलिया माध्यमिक तहको शिक्षक पदबाट अवकाश लिएका ब्यक्ति हुन् । 
    पार्टीमा लामो समयदेखि योगदान गर्दै आएपनि हालसम्म कुनै अवसर र लाभको पदबाट नलिएकोले वैशाख ३० गतेहुने निर्वाचनमा पार्टीले आफू टिकट दिनेमा विस्वास्त रहेको बताउछन् । 
    पथरीशनिश्चरे नगरपालिका पथरी, शनिश्चरे र हसन्दह गाबिसलाई मिलाएर नगरपालिका गठन भएको हो । थपलिया नगरको १० नं. वडा अर्थात साबिक शनिश्चरेका स्थायी बासिन्दा हुन् । 
    एमाले भित्र साविक पथरी, शनिश्चरे र हसन्दहले नेतृत्व गर्न पाउनुपर्ने बिषयपनि छलफल चल्ने गरेको छ । अघिल्लो निर्वाचनमा नगरको १ नं. वडाले नगरप्रमुख, उपप्रमुखको साथै अन्य अवसरहरु पनि लिएको हुँदा अब क्षेत्रगत हिसावले शनिश्चरेलाई दिनुपर्ने मत थपलियाले राख्दै आएको बुझिएको छ । 
    शनिश्चरेले नेतृत्व पाए पथरीशनिश्चरे नगरको भवन निर्माणको साथै पार्टीका तत्कालीन संघीय उमेद्वार भानुभक्त ढकालले प्रतिबद्धता गरेको आदिबासी जनजाति संग्राहलय निर्माणमा तत्काल पहल गर्ने थपलियाको भनाइ छ । 
    टिकटको लागि रामकुमार बस्नेत, दिलिपकुमार राई (नगर प्रमुख), युवराज बास्कोटा, मोहन तुम्बापो, देवराज भण्डारी लगायत आठ जनाको नाम जिल्ला पठाइएको बुझिएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको लेटाङ—९, जाँतेमा आदिबासी जनजाति अधिकारसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम समापन …

मोरङ । पूर्ब प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फागुन १३ गते मोरङको कानेपोखरी आउने भएक…

मोरङ । नेकपा (माओवादी केन्द्र) मोरङ पथरीशनिश्चरे नगर समितिको आज भएको दोस्रो अधिवेशनले पुन गोबिन्द कटुवाल…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका २ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले सुक्रबार बिभिन्न व्…