• मोरङ । मोरङको पथरी शनिश्चरेमा सोमबारदेखि फ्रेन्डसीप चेस क्लबको आयोजनामा ‘सहित रत्नकुमार वान्तावा फिडे रेटिङ खुल्ला बुद्धिचाल प्रतियोगिता’ सुरु भएको छ । 
    ‘सृजनशील र स्वास्थ्य दिमागको लागि बुद्धिचाल’ भन्ने मूल नाराको साथ सुरु भएको प्रतियोगितामा काठमाडौ, सप्तरी, सिराहा, भोजपुर, इलामा, झापा, मोरङ, सुनसरी लगायतबाट ८० जना खेलाडी सहभागि भएको क्लबका अध्यक्ष अमिर राईले बताए । 
    स्वीस लिगको आधारमा खेलाइने प्रतियोगितामा तीन दिनमा सात राउण्ड खेल हुने आयोजक फ्रेन्डसीप चेस क्लबका सचिव लोकसागर साम्बाले बताए । बिजेता, उपविजेता लगायतका बिभिन्न बिधामा खेलाडीहरुलाई पाँच देखि ३० हजारसम्म २५ जनालाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक अर्जुन जम्नेली राईले बताए । 
    बुद्धिचाल खेलको पूर्ब नेपाल च्याम्पियन मनिस हमाल, राष्ट्रिय खेलाडी रुपेस जैसवाल, कृष्ण थापा, राजन सुवेदी, प्रकाश नेपाल लगायतका खेलाडी प्रतियोगिता खेल्न पथरी आएको आयोजन क्लबका अध्यक्ष अमिर राईले बताए । खेल्न आएका मध्ये रुपेस जैसवालको २१७० रेटिङ रहेको आयोजकले जनाएको छ । 
    पथरीशिनश्चरे नगर प्रमुख दिलिपकुमार राई र सहभागी मध्येका १० बर्षको कान्छो खेलाडी झापाका प्रज्वल बस्नेतवीच खेल खेलेर उद्घाटन भएको थियो । 
    कार्यक्रममा नगर प्रमुख राई, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, पथरी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष रामकुमार बस्नेत, पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकी, सुनाखरी मावि सञ्चालक समितिको अध्यक्ष प्रदिपकुमार राई लगायतले खेल सफलताको शुभकामना दिएका थिए । प्रतियोगिता पथरी बहुमुखी क्याम्पसको सभा हलमा भइरहेको छ । 


     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…