मोरङ । मोरङको पथरीशनिश्चरेमा नेकपा (एमाले)बाट नगर प्रमुखमा मोहन तुम्बापो र उपप्रमुखमा देविमाया काफ्लेलाई उमेद्वारी दिने निर्णय भएको छ ।
तुम्बापो साबिक पथरी गाबिसको अध्यक्षसमेत हुन् । एमाले श्रोतले भन्यो तुम्बापो र काफ्लेलाई टिकट दिने निर्णय भएको हो । हिजोसम्म प्रमुखमा आठ र उपप्रमुखमा चारभन्दा बढीको दाबी थियो । नगरमा जनजाति मतदाताको संख्या बढी भएको कारण जित्ने उमेद्वारलाई उमेद्वारी दिइएको श्रोतले जनायो ।