• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा तीन दलीय गठबन्धनले संयुक्त रुपमा उमेद्वार मनोनयन गरेको छ । 
    आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र), नेकपा (एस) र जनता समाजवादी पार्टीवीच तीन दलीय गठबन्धन भएको हो । 
    गठबन्धनको तर्फबाट नगर प्रमुखमा दिनानाथ तिम्सिना (माओवादी केन्द्र), उपप्रमुखमा बिन्दु राई (नेकपा, एस) र जसपालाई वडा अध्यक्षहरु मिलाएर तीन दलको तलमेल भएको हो । 
    नेपाली कांग्रेससँग आइतबार राति १२ बजेसम्म छलफल गर्दा पनि एक आपसमा अडान नछाडेपछि तीन दलको मात्र गठबन्धन भएको हो । यद्यपि अझै पनि तालमेलको झिनो सम्भावना भने रहेको बताइएको छ । 
    तीन दलीय गठबन्धनको तर्फबाट नगरपालिकाको १ नंं वडा अध्यक्षमा धनप्रसाद साम्बा लिम्बू (नेकपा, एस), ३ मा रामचन्द्र लिम्बू (जसपा), ४ मा अमर बराइली (माके), ५ नं. वडामा महेश थापा (नेका, विद्रोही), ६ मा कमल कटुवाल (माके), ७ मा मोहन लिम्बू, ८ मा दौलतराम भण्डारी (माके), ९ मा गोबिन्द कटुवाल (माके) र १० नं. वडा अध्यक्षको उमेद्वारमा माओवादी केन्द्रको रबिन्द्र राईले मनोनयन दर्ता गरेका छन् । 
    हरेक वडामा सदस्य जसपा, नेकपा (एस) र माओवादी केन्द्रको मिलाएर मनोनयन दर्ता गरिएको नगर प्रमुखको उमेद्वार दिनानाथ तिम्सिनाले बताए । नगर उपप्रमुखको उमेद्वार पहिलो संविधान सभाको सदस्य चण्डीप्रसाद राईकी श्रीमती हुन् ।
    गठबन्धनले निर्वाचन जित्ने दाबी गर्दै आएको छ । एमाले बिभाजनपछि निर्वाचनमा जाँदै गरेको र नेपाली कांग्रेस भित्र एक आपसको असन्तुष्टि, माओवादी केन्द्र अघिल्लो निर्वाचन हरुभन्दा अहिले गाउँ टोलसम्म संगठन सक्रिय रहेको, नेकपा (एस) र जसपाको साथ पाएको हुँनाले निर्वाचन जित्ने गठबन्धनको दाबी रहेको छ । 
    एमालेको वडा अध्यक्षमा १, २, १० लगायत र नेपाली कांग्रेसको ४, ५ लगायत विभिन्न वडामा वडा अध्यक्ष पदमा बागी उमेद्वारी परेको छ । वडा सदस्यमा समेत यसैगरी बागी उमेद्वार परेको बुझिएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…