• २०७४ फाल्गुन १८

    गोरखा । तिब्बतको सिमाना जोड्ने लार्के सडकखण्ड निर्माणको जिम्मा पाएको नेपाली सेनाले ११ महिनामा १४ किमि ट्रयाक खोलेको छ ।

    बेनीघाट लार्के सडकखण्ड अन्तर्गत हावाडाँडाबाट सुरु गर्दै तातोपानीसम्म ट्रयाक खोलिएको हो ।

    लार्के सडकखण्ड अन्तर्गत लापुबेंसी  न्याउली  खानीबेंसी  माछाखोला र खोर्लाबेंसी हुँदै हाल तातोपानी क्षेत्रमा काम भइरहेको सेनानी निशान्त क्षत्रीले बताए ।

    ‘गएको वैशाखको ११ बाट औपचारिक रूपमा हामीले काम सुरु गरेका हौं  उनले भने  हालसम्म १४ किमि क्षेत्रमा काम भइरहेको छ ।

    सडक निर्माणका लागि चालु आर्थिक वर्ष १० करोड रुपैयाँ विनियोजन भएको थियो ।

    राष्ट्रिय गौरवका आयोजनामा परेको उक्त सडकको धेरैजसो भागमा कडा चट्टान रहेकाले विस्फोटक पदार्थको सहायता लिइएको उनले बताए ।

    ‘हावाडाँडादेखि लापुबेंसीसम्मको डेढ किमि सडक सबैभन्दा अप्ठ्यारो थियो, ब्लास्ट गर्दै खोलेका हौं   उनले भने  धेरैजसो ठाउँमा कडा चट्टान भएकाले विस्फोटक पदार्थ प्रयोग नगरी काम गर्न गाह्रो छ ।

    न्याउली खोलादेखि खोर्लाबेंसीसम्मको ९ किमि क्षेत्रको चट्टान फोर्न पनि विस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।

    ‘लापुबेंसी खण्डको केही क्षेत्रमा मात्र माटो भेट्यौं  अन्यत्र सबै ठाउँमा चट्टानै हो   उनले भने   सर्वे भएको १६ किमिको काम गरिरहेका छौं, बाँकी खण्डको पनि सर्भे भइरहेको छ ।

    सडकको ट्रयाक खोल्न नेपाली सेनासहित २ सय ७० जना कामदार खटिएका छन् ।

    बेनीघाटदेखि लार्केसम्मको १ सय ८६ किमिमध्ये ६२ किमिको काम भने सडक विभागले गरेको छ । हावाडाँडादेखि लार्केसम्मको १ सय २० किमि सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको हो ।

    सडक निर्माणले तीव्रता पाएसँगै चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाका बासिन्दा खुसी भएका छन् ।

    ‘यस्तो ठाउँमा सडक आउँछ भनेर सोचेकै थिएनौं   चुमनुब्री ३ सिर्दिवासका सुकमान गुरुङले भने  मोटरबाटो आएपछि खच्चडलाई बोकाउन पर्दैन, अनि सस्तोमा सामान पनि पाइन्छ ।

    सडक सञ्जालले नछोएको चुमनुब्री गाउँपालिकामा खच्चडबाट दैनिक उपभोग्य सामग्री ढुवानी हुँदै आएको छ । (कान्तिपुर दैनिक)

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…