नेकपा एमाले उर्लाबारी वडा नम्बर ९ ले घरदैलो अभियान सुरु गरेको छ ।
एमालेले उर्लाबारीले वडा नं. ९ ले भाेट अपिल, प्रतिबद्धता संगै घरदैलो अभियान सुरु गरेको हाे । आफ्नाे एजेन्डाकाे साथमा जनता समक्षा पुर्याउन वडाका टोलटोलसम्म अभियान सञ्चालन गरेकाे अध्यक्ष पदका उम्मेदवार सुरेन्द्रकुमार सेर्माले बताए । उर्लाबारी ९ को दुर्गापुरीबाट घरदैलो अभियान सुरु भएको थियाे । वडा अध्यक्ष, सदस्य पदका उम्मेदवार लगायत स्थानीय कार्यकर्ताबाट घरदैलाे कार्यक्रम सुरुभएकाे थियाे । उम्मेद्वारकाे जित निश्चित गराउन नेता कार्यकर्ताको ठूलो संख्याले साथ दिएका थिए ।