• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोट माग्न बिभिन्न दलका नेताहरु मन्दिर तथा चर्चहरुमा जाने गरेका छन् । 
    नेपाली कांग्रेसको तर्फबाट प्रमुखको उमेद्वार नगेन्द्र लिम्बू र उपप्रमुखको उमेद्वार कबिता पराजुली सोमबार नगरपालिका–१० सिबिरडाँडा स्थित किराती समुदायको माङहिम गएर भोट मागेका छन् । मन्दिरमा किरात लिपी र लिम्बू भाषा पठनपाठन हुँदै आएको छ । किरात मन्दिरको तर्फबाट नवीन दिलपाली राई लगायतको उपस्थिति रहेको थियो । 
    यता माओवादी केन्द्रसहित तीन दलीय गठबन्धनको उमेद्वार आइतबार १० नं. वडामै रहेको पूर्बी मोरङ इसाई समाजको संयुक्त सामुदायिक इसाई मन्दिरमा पुगेर भोट मागेका थिए । गठबन्धनको तर्फबाट प्रमुखको उमेद्वार दिनानाथ तिम्सिना, उपप्रमुखको उमेद्वार बिन्दु राई लगायतको टोली उक्त मन्दिर पुगेका थिए । 
    इसाई समाजको उर्लाबारी, पथरीशनिश्चरे लगायतको टोलीले राज्यले हिन्दु, किरात, बुद्धिष्ट र आफूहरुलाई गर्ने ब्याबहार फरक रहेको गुनासो गरेका थिए । अन्य धर्मले मन्दिर बनाउदा राज्य चुप लागेर बसेपनि इसाईले बनाउदा वन क्षेत्र भन्दै बन्द गर्न प्रहरी र वन कार्यालय आउने उनीहरुको गुनासो थियो । 
    इसाई धार्मिक नेताहरुले पूर्ब प्रधानमन्त्री केपी ओलीले पशुपतिमा मात्र सुनको गजुर चढाएर अन्य धर्ममाथि विभेद गरेको बताए । यति मात्र नभएर इसाई समाजलाई प्रधानमन्त्री हुँदा केपी ओली र राष्ट्रपति विद्या भण्डारीले भेटसम्म नदिएर अपमान गरेको प्रसंग इसाई नेताहरुले गुनासो पोख्दै भोट नदिने बताए । इसाई धार्मिक समुदाय धर्म निरपेक्षता चाहने उल्लेख गर्दै हलो, सुर्य लगायतको राजनीतिक दलको एजेण्डा र ब्याबहारदेखि आफ्नो समुदाय दुखित रहेको बताएका थिए । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरीमा देशभरबाट तेक्वण्दो खेलाडीहरु खेल प्रतिष्पर्धाको लागि आउने भएका हुन्  नेपा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…