• काठमाडौ ।  जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य डम्बर खतिवडाले ६० वर्ष पुगेपछि मजदुरहरुलाई पनि पेन्सनदिने व्यवस्थागर्नुपर्ने बताएका छन् ।
    १३३ औं अन्तर्राष्ट्रिय श्रमिकदिवसको अवसरमा आइतबार जसपा नेपाल मजदुर विशेष जिल्ला समितिले काठमाडौंको जोरपाटी स्थित शेर्पा पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएकाहुन् ।
    उनले देश निर्माणमा सरकारी कर्मचारीले मात्रै नभएर मजदुरहरुले पनि सहयोग गरेको हुनाले सरकारी कर्मचारीले ६० वर्ष पुगेपछि पेन्सन पाएजसरी मजदुरहरुलाई पनि पेन्सनदिने नागरिक पेन्सन कार्यक्रम सरकारले सुरु गर्नुपर्ने बताए ।
    सेना, पुलिस, शिक्षक, प्राध्यापक, अधिकृत, खरदार, सुब्बा जस्ता सरकारी कर्मचारीहरुले ६० वर्ष पुगेपछि पेन्सन पाउने तर देश बनाउन उत्तिकै सहयोग गर्ने मजदुरहरुले चाहिँ किन पेन्सन नपाउने भन्दै उनले भने, ‘के सरकारी मान्छेहरुले मात्र काम गरेर देश बन्छ ? सडकहरु जति बनेका छन्, देशको विकास निर्माणहरु जति भएका छन्, त्यो सरकारी कर्मचारीहरुले मात्रै गरेर भएको हो कि मजदुरहरुले पनि काम गरेर भएको हो ?’

    ‘मजदुरहरु देशको विभिन्न ठाउँबाट सहरमा आएर रोजगारी गरिरहनु भएको छ । सरकारले तोकेको न्यूनतम ज्याला मुस्किलले दश–पन्ध्र हजार छैन । तर, काठमाडौंमा राम्रो डेरा भाडामा बस्ने हो भने त्यसले डेराभाडा तिर्नमात्रै पनि पुग्दैन भने खाने के ? बच्चा कसरी पढाउने ? बिरामी हुँदा के गर्ने ? यो कुरा सरकार चलाउनेहरुले सोच्नुपर्छ कि पर्दैन ? उनले भने, ‘मजदुर कोलोनीको सिद्धान्त नेपालमा हामीले सुरुवात गर्नैपर्छ ।
    उनले धनीका छोराछोरी निजी स्कुलमा पढेर गुणस्तरीय शिक्षा लिने तर गरिब र मजदुरका छोराछोरीको पढाइ राम्रो नहुने स्कुलमा पढ्नुपर्ने बताए ।
    जसपा नेपाल मजदुर विशेष जिल्ला समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजवादी गलैचा श्रमिक संघका अध्यक्ष सुरेश मोक्तानले स्वागत मन्तव्य राखेका थिए ।
    कार्यक्रममा प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल, समाजवादी सांस्कृतिक महासंघका उपाध्यक्ष रमेश खड्का र घटक संघहरुको तर्पmबाट समाजवादी पेन्टर श्रमिक संघका अध्यक्ष डिबी सरोज राई, समाजवादी गार्मेन्ट टेक्स्टाइल एम्ब्रोइडरी तथा सिलाइ श्रमिक संघका अध्यक्ष प्रकाश तिमसिना, समाजवादी फर्निचर श्रमिक संघका अध्यक्ष बलबहादुर भुजेल, समाजवादी निर्माण श्रमिक संघका उपाध्यक्ष किशोर राई लगायतले शुभकामना दिएका थिए ।


सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…