• वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । निर्वाचन सम्पन्न गर्न कर्मचारी खटाउने कार्यलाई समावेशी बनाउन स्थानीय तहको निर्वाचनमा जिल्लाका पाँच जना महिला कर्मचारीलाई मतदान अधिकृतको जिम्मेवारी दिएर खटाइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।

    निर्वाचनका लागि  डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका–७ को टुलिङ मतदान केन्द्र,  सहायक वन अधिकृत प्रतिमा पनेरु सिमकोट–६ को कालाशिल्ता मावि मतदान केन्द्र, राष्ट्रिय वाणिज्य बैंककी प्रबन्धक सविता शाही सिमकोट गाउँपालिका–३ को रलिङ मावि मतदान केन्द्र, स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहरा नाम्खा गाउँपालिकाको मोतीराम प्रावि मतदान केन्द्र, नापी कार्यालयकी सुधा सापकोटालाई सिमकोट गाउँपालिका–५ को भीमसेन मावि मतदान केन्द्रको जिम्मेवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जानकारी दिएको छ।


    मतदानका लागि २१ प्रतिशत महिला परिचालन गरीएको र महिला मतदान अधिकृतको रूपमा खटिएका मतदान केन्द्रमध्ये चार वटा केन्द्रका लागि कार्यालय सहयोगीबाहेक अन्य सबै महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए। मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार सिमकोट ५ मा रहेको  भीमसेन मावि मतदान केन्द्रमा कर्मचारी, प्रहरी र म्यादी प्रहरी पनि महिला नै खटाइएको छ ।


    जिल्लामा स्थानीय तहको निर्वाचन संचालन हुँदै गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आफूलाई दिएको जिमेबारी आफ्नो क्षमताले भ्याए सम्माका सफल निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित रुपमा सम्मपन्न गर्ने सिमकोट गाउपालिका ३ रलिङ मावि मतदान केन्द्रकी मतदान अधिकृत सबिता शाहीले बताइन् ।


    निर्वाचनका लागि कुल २५४ जना कर्मचारी परिचालन गरिएको र निर्वाचनमा खटाइएका कर्मचारी मध्ये २१ दशमलव २५ प्रतिशत महिला कर्मचारी खटाइएको जनाइएको छ। जसमा  पाँच जना मतदान अधिकृत, पाँच जना सहायक मतदान अधिकृत र ४१ जना सहायक कर्मचारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…