• हेटौंडा,  २७ वैशाख

    नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गठबन्धनले जितेको अवस्थामा सुकुम्वासीहरूले लालपुर्जा पाउने आश्वासन दिएका छन् ।

    मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले मकवानपुरगढीमा गठबन्धनले जितेमा सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई उनीहरूकै नाममा जग्गाको लालपुर्जा उपलब्ध गराइने बताएका हुन् ।

    उनले मकवानपुरगढी ५ स्थित सयौँ परिवार सामरी खोलाको कारण जोखिममा रहेकाले खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरी बस्तीको संरक्षण गर्ने बताए । 

    ऐतिहासिक महत्त्व बोकेको मकवानपुरगढी गाउँपालिकालाई नमुना पालिकाको रूपमा स्थापित गर्न गठबन्धनको जित आवश्यक रहेको उल्लेख गर्दै बानियाँले गठबन्धनलाई जिताउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

    ‘यो निर्वाचनले लोकतन्त्र र संविधानमाथि नै प्रहार गर्नेहरूलाई सबक सिकाउने निर्वाचन हो,’ बानियाँले भने ‘जनताको मर्म र भावनालाई बुझेर नै गठबन्धन गरिएको हो, सबै एकजुट भई साझा उम्मेदवारहरूलाई जिताउन अपिल गर्दछु ।’

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…