• २०७४ फाल्गुन १८

    काठमाडौं । साउदी अरब  ओमन र बहराइन जाने कामदारलाई मेडिकलका नाममा थप सास्ती सिर्जना गरिएको छ ।

    अब यी देश जाने कामदारले मेडिकलका लागि अनलाइन आवेदन भरेर क्रेडिट वा मास्टर कार्डमार्फत शुल्क भुक्तानी गर्नुपर्नेछ ।

    गल्फ कोअपरेसन काउन्सिल  जीसीसी  ले नयाँ नियम लागू गर्दै गाम्का नेपाल बन्द गराएको छ ।

    नेपालसिहत इन्डोनेसिया र श्रीलंकाको गाम्का संस्था खारेज गरेको हो ।

     

    अब साउदी अरब  ओमन र बहराइन जाने कामदारले अनलाइनमा आवेदन भरेर त्यसैका आधारमा तोकिएका मेडिकलमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्नेछ ।

    अब कामदारले स्वास्थ्य परीक्षणका लागि अनलाइनको ‘बुक योर एपोन्टमेन्ट’ मेनुमा विवरण भरेर जीसीसी स्लिप जेनरेट गर्नुपर्छ ।

    त्यसबाटै आफूलाई पायक पर्ने मेडिकलमा एपोन्मेन्ट लिनुपर्नेछ । कतिपय अवस्थामा सिस्टमले नै मेडिकल छान्नेछ ।

    यो एपोन्टमेन्ट लिन अनलाइनबाटै जीसीसीलाई रजिष्ट्रेशनका बापत १० डलर भुक्तानी गर्नुपर्छ ।

    यसले काकदारलाई थप आर्थिक भार थप्नेछ  अहिले गाम्का अन्तरगत ११ वटा मेडिकल छन् ।

    यि मेडिकलमा कामदारले ५५ सय रुपैयाँ तिरिरहेका छन् ।

    गाम्काले झण्डै १८ महिनाअघि देखिनै थप १० डलर उठाउन खोजेको थियो ।

    तर, सरकारले कामदारलाई आर्थिक भार सिर्जना गर्ने गरी थप १० डलर लिन गाम्कालाई अनुमति दिएको थिएन ।

    राष्ट्र बैंकले यसरी संकलित रकम विदेश लैजान नदिने भनेपछि जीसीसीले अनलाइनबाटै रकम बुझ्ने व्यवस्था लागू गरेको हो ।

    म्यानपावर व्यवसायीले भने सरकारको स्वीकृति बेगर यस्तो व्यवस्था लागू गर्दा कामदार मर्कामा पर्ने बताएको छ ।

    अहिले विदेशिने कामदारले डेबिट क्रेडिट कार्डमार्फत भुक्तानी गर्न सक्ने अवस्था छैन ।

    कमाउन जान लागेका कामदारलाई जीसीसीले अनावश्यक झन्झट सिर्जना गरिदिएको छ ।

    यि तीनदेशमा जाने नेपालीको संख्या ठूलो छ ।

    मेडिकलमा नाममा अहिले विदेशिने कामदारलाई अनावश्यक आर्थिक भार सिर्जना गर्न रोजगारदता देश अग्रसर भएका छन् ।

    युएईले स्वास्थ्थ परीक्षणका नाममा ४ हजारभन्दा बढी रजिष्ट्रेसन शुल्क उठाउँछ भने अब कतारले पनि यस्तै रकम उठाउने संस्था स्थापना गर्न लागेको छ ।

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…