• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । 
    बिहानै देखि मतदाताहरु लाइन लागेर मत खसालिरहेका छन् । यसैवीच एमालेको तर्फबाट नगर प्रमुखको उमेद्वार मोहन तुम्बापोले वडा नं. २ स्थित पञ्चायत मावि मतदान केन्द्रबाट भोट लगाएका छन् । त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट प्रमुखको उमेद्वार नगेन्द्र लिम्बू र गठबन्धन (माके, नेकपा एस र जसपा)को तर्फबाट नगर प्रमुखको उमेद्वार दिनानाथ तिम्सिना, नेकाको उपमेयरको उमेद्वार कबिता पराजुलीले वडा नं. १ स्थित पथरी बहुमुखी क्याम्पसबाट मत खसालेका छन् । राप्रपाको नगर प्रमुखको उमेद्वार समर राईले ९ नं. स्थित सिंहबाहिनी केन्द्रबाट भोट खसोलेका छन् । 
    त्यसैगरी गठबन्धन (माके, नेकपा एस र जसपा)को तर्फबाट उपप्रमुखको उमेद्वार बिन्दादेबि राईले १० नं. वडा स्थित हिरक मावि मतदान केन्द्रबाट भोट खसाएका छन् । एमालेको तर्फबाट उपप्रमुखको उमेद्वार देबिमाया काफ्लेले ५ नं. वडाबाट भोट खसालेका छन् ।

    नगर प्रमुखको उमेद्वारहरु मंगोल नेशनल अर्गनाइजेशनको पुनम राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान)ले बलबहादुर लिम्बू, स्वतन्त्र उमेद्वार महेन्द्र कार्कीको साथै उपप्रमुखमा मंगोलको सर्मिला लिम्बू र लिम्बूवानको चन्द्रकुमारी लिम्बूले आ–आफ्नो मतदान केन्द्रबाट भोट हानेका छन् । 
    पथरीशनिश्चरे नगरमा २० वटा मदतान केन्द्र रहेको छ । नगरमा ५१ हजार ३३० मतदाता रहेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा ४०,८८५ मतदाता रहेका मध्ये ६९ प्रतिशत २८,२२० मत खसेको थियो । यो बर्ष १०,४८० मत बढेर ५१,३३० मतदाता भएको हो । यो पटक ३५ देखि ३६ हजार मत खस्ने अनुमान गरिएको छ । 
    नगरको २० वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी बेदप्रसाद गौतमले बताए । यद्यपि नगरको पथरी बहुमुखी क्याम्पस र पञ्चायत मावि मतदान केन्द्रदेखि करिव दुई सय मिटरको दुरीमा रत्नचोक स्थित सहित रत्नकुमार बान्तावाको सालिक भएको लगायतको बिभिन्न स्थानमा नेकपा (क्रान्तिकारी माओवादी)द्वारा प्रतिक्रियावादी निर्वाचन बहिस्कार गरौ उल्लेखित पोष्टर टाँसिएको छ । पोष्टरहरु टाँसिएपनि सबैतिर शान्तिपूर्ण रुपमा मत खसाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…