• काभ्रे, ६ जेठ 

    काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार भगवान अधिकारी अत्याधिक मतसहित विजयी भएका छन्। खसेको १० हजार ७३४ मतमध्ये अधिकारीले ६ हजार १९ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमलप्रसाद तिमल्सिनाले ३ हजार १६० मत ल्याए ।  

    पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका अधिकारी काभ्रेमा कांग्रेसका आशालाग्दा नेता मानिन्छन् । केही समय प्राध्यापन पेसामा बिताएका अधिकारीले अहिलेसम्म कुनै पनि लाभको पद लिएका थिएनन्।

    उनी २०६२/६३ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने विद्यार्थी पुस्ताका नेता हुन् । उनले नेविसंघको पूर्वकेन्द्रीय सदस्य तथा नेविसंघ काभ्रेको पूर्वजिल्ला सभापतिका रूपमा कार्यकाल सम्हालिसकेका छन्।

    यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार रहेकी तारा राना तिमल्सिना ४ हजार ४९८ मतसहित विजयी भइन् । एमालेकी सरला केसीले ३ हजार ५७३ मत ल्याएर उपाध्यक्षमा पराजित भइन् । 

    १,२, ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी भयो। त्यसैगरी वडा ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा वडाध्यक्षमा विजयी भए । यस वडामा कांग्रेसका दुई तथा स्वतन्त्रबाट दुईजना सदस्य निर्वाचित भए।  

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…