• खोटाङ, ७ जेठ 

    खोटाङको रावाबेँसी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कायम गरेको केन्द्रलाई नै नवनिर्वाचित जनप्रतिनिधिले पनि अनुमोदन गर्ने निर्णय गरेको हो ।

    सुरुमा राज्य पुनर्सचंरचनाका क्रममा रावाबेँसी गाउँपालिकाको नाम लामीडाँडा र केन्द्र खार्पा निर्धारण गरिएको थियो । तर, पहिलोपल्ट निर्वाचित जनप्रतिनिधिले लामीडाँडा गाउँपालिकाको नाम रावाबेँसी र केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको थियो । 

    अघिल्लो स्थानीय सरकारको निर्णय अनुसार गाउँपालिकाको नाम रावाबेँसी र केन्द्र हरमटार रहने गरी नेपाल सरकारको राजपत्रमा प्रकाशित भइसकेको अवस्थामा नवनिर्वाचत गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको सर्वदलीय बैठकले गाउँपालिकाको केन्द्र हरमटार नै कायम गर्ने निर्णय गरेको हो । 

    हालको रावाबेँसी गाउँपालिका–२ खार्पामा रहेको केन्द्रलाई अघिल्लो स्थानीय सरकारले रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरमटार सार्ने निर्णय लिएको थियो । पद तथा गोपनीयताको सपथ ग्रहण लगत्तै बसेको बैठकले गाउँपालिकाको केन्द्रको विषयमा निर्णय लिएको हो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पुःन गाउँपालिकाको केन्द्र सार्न सक्ने आशंका व्यक्त भइरहेको अवस्थामा यथास्थानमा पालिका राख्ने निर्णय गराएका हुन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…