• बारा,  ०८ जेठ

    बारा सदरमुकाम कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साह, उपमेयर रौशन प्रवीणसहित १० नम्बर का वडाध्यक्ष मोहमद सबिरलाई समर्थकले उनीहरूको तौल बराबरको लड्डुले स्वागत गरेका छन् ।

    आज विजय र्‍याली गर्ने क्रममा वडा नम्बर १० मा पुगेका उनीहरूलाई स्थानीय महमद गजनी ठकुराईले जनप्रतिनिधिलाई काँटामा राखेर उनीहरूकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन् ।

    स्वागतपछि मेयर साहले स्थानीयले आफूमा धेरै भरोसा गरेकाले आफ्नो कार्यकालमा कुनै जात तथा समूह नहेरी नगरवासीको निम्ति कार्यगर्ने बताए ।

    आफूलाई स्वतन्त्र बताउने ठकुराईले नवनिर्वाचित जनप्रतिनिधिले जातपात नहेरी काम गर्ने विश्वासमा लड्डु बाँडेको बताएका छन् ।

    कलैयाको मेयरमा साह २४ हजार १३९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत ल्याए । २०७४ सालको निर्वाचनमा साहलाई हाल पराजित भएका नेपाली कांग्रेसका यादवले हराएका थिए । 

    उपमेयरमा परविनले १९ हजार २५१ मत प्राप्त गरी विजयी भएकी हुन् । उपमेयरमा निकटतम प्रतिद्वन्द्वी प्रमोद गुप्ताले ८ हजार ३०२ मत पाए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…