• भैरहवा, ९ जेठ

    जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ । सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । विमान यात्रु ओरालेर एप्रोनमा छ ।  १२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारमा हिरसातमा रहेका कैदी थिए । उनीहरूलाई उद्वार गरेर नेपाल ल्याईएको हो । विमान अवतरण गरेपछि चरा सँग ठोकिएको थियो । 

    गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रनवेमा कतै चरा देखिन्न । ‘पाईलटहरुले अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरेका छन । तर, रनवेमा देखिनु पर्ने चरा देखिएन’, साहले भने, ‘चरा कतै ईन्जिनमा त गएन भनेर जहाज यहि होल्ड भएको छ ।’
    एयरलाइन्सका ईन्जिनियरले विमान चेकजाँच गरेर मात्रै उडान गरिने भएको छ । २ जेठदेखि गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलमा नियमित सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।

     

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…